गाउँपालिका, नगरपालिकामा विवाद मिलाउँदा कुटाकुटै समेत हुन्छ
सारांश
- काठमाडौं ।
- गाउँपालिका, नगरपालिकाले स्थानीय विवादलाई मिलाउने अधिकार पाएपनि छुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या देखिएको छ ।
- विवाद मिलाउने क्रममा कतिपय बेला पीडित र पीडकबीच हात हालाहाल नै हुने गरेको नगरपालिकाका मेयरहरु बताउँछन् ।
काठमाडौं । गाउँपालिका, नगरपालिकाले स्थानीय विवादलाई मिलाउने अधिकार पाएपनि छुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या देखिएको छ । विवाद मिलाउने क्रममा कतिपय बेला पीडित र पीडकबीच हात हालाहाल नै हुने गरेको नगरपालिकाका मेयरहरु बताउँछन् ।
झापाका १५ स्थानीय तहमध्ये दमक नगरपालिकाले मात्र ३ महीना अघिदेखि छुट्टै इजलास कक्ष तयार गरेर मुद्दा छिन्दै आएको छ ।
कतिपय गाउँपालिका, नगरपालिकाको आफ्नै भवनसमेत छैन । भवन भएकामा कारण कोठा अभाव छ । भवन नहुँदा स्थानीय विवाद मिलाउन छुट्टै इजलास कक्ष नहुँदा समस्या भएको बताएका छन् ।
भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठका अनुसार इजलास कक्षभन्दा बाहिर न्याय सम्पादनमा गोपनीयताको समस्या आउने बताइन । अधिवक्तासमेत रहनुभएकी श्रेष्ठले नगरपालिकाको बन्दै गरेको भवनमा व्यवस्थित इजलास कक्ष बनाइने जानकारी गराइन् ।
इजलास कक्षमा बसेर न्याय सम्पादन गर्दा अनुशासित, मर्यादित र सुरक्षित हुँने उनले बताइन् । बैठक कक्षमा इजलाश बस्दा गर्दा पक्ष र विपक्षबीच कहिलेकाहीँ हात हालाहालकै अवस्था सिर्जना हुने गरेको उपमेयरले बताउँछन् ।
प्रतिक्रिया