शंकरपुर तालमा चराका हुल, बन्दै पर्यटकीय गन्तव्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १६, २०७५
|
|
४७ पटक हेरिएको
Shares
शंकरपुर तालमा चराका हुल, बन्दै पर्यटकीय गन्तव्य

सारांश

  • माधव बेल्वासे/कपिलवस्तु कपिलवस्तुको सुदुरपश्चिममा रहेको शंकरपुर ताललाई पर्यटकीय स्थल बनाउन थालिएको छ ।
  • आकर्षक ताललाई पर्यटकको गन्तव्य बनाउन विजयनगर गाउँपालिकाका स्थानियले तयारी सुरु गरेका छन ।
  • विजयनगर ४ मा रहेको ताल घना जंगलको बीचमा पर्छ ।

माधव बेल्वासे/कपिलवस्तु

कपिलवस्तुको सुदुरपश्चिममा रहेको शंकरपुर ताललाई पर्यटकीय स्थल बनाउन थालिएको छ । आकर्षक ताललाई पर्यटकको गन्तव्य बनाउन विजयनगर गाउँपालिकाका स्थानियले तयारी सुरु गरेका छन । विजयनगर ४ मा रहेको ताल घना जंगलको बीचमा पर्छ ।

शकरपुर ताल करिव ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । ताल क्षेत्र घना जंगल संग जोडिएको हदाँ प्रकृतिको विचरण गर्नेहरुका लागी ताल क्षेत्र राम्रो गन्तव्य बनेको छ । चराचुरुंगीको चिरबिर आवज संगै आखाले नभ्याउने गरी भरिएको जलाशयमा आहाराको खोजीमा आउने विभिन्न प्रजातिका चराका हुलले पनि ताललाई मनमोहक बनाएको छ ।

गाउँपालिका पर्यटकीय स्थलमा रुपमा परिचित बन्ने राम्रो सम्भावना बोकेको सो ताल जिल्लाको पश्चिमी क्षेत्रकै सबैभन्दा ठूलो ताल हो ।

चन्द्रौटा बजारबाट करिव ५ किलोमिटर दक्षिण पश्चिममा रहेको ताल चिनारीको रुपमा रहेको वुढापाका बताउँछन । शंकरपुर तालमा शिवगढी मन्दिरमा बस्ने भगवान शंकरले नुहाउने र शिवगढीमा बस्ने जाने धार्मिक विश्वास रहेकोले सोही अनुरुप यस तालको नाम नै शंकरपुर ताल रहन गएको स्थानिय ७२ बर्षिय काशिराम पुनले बताए ।

गाउँपालिकाले ताललाई व्यवस्थित बनाउन गुरुयोजना तयार पारेको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले वताए । योजना अनुसार ताल क्षेत्रमा पर्यटकलाई आर्कषण गर्न तालको चारै तर्फ रिग रोड, विभिन्न खालका मन्दिर, पिकनिक स्थल ,बाल उद्यान निर्माण लगायतका कामहरु भइरहेको उनले बताए । तालमा डुंगाको व्यवस्था गरी तालमा सयर गने, पार्क बनाएर जिल्ला वाहिर र विदेशीलाईसमेत भम्रणको लागि शंकरपुरताल आउने वातारण मिलाउने उद्देश्यले गुरुयोजना निर्माण गरिएको अध्यक्ष थापाले वताए ।

गत वर्ष मात्र ४० लाख वजेट विनियोजन गरेर ताल परिसरमा वाउण्ड्रि सडक,नहर व्यवस्थापन, ताल पुग्ने सडक कालोपत्रे लगाएत अन्य काम सम्पन्न भइसकेको वडा अध्यक्ष तिलक कडेलले वताए । यस ताललाई पर्यटकिय स्थल वनाउने उद्देश्यले काम भइरहेको छ अव तालमा वोरिग निमार्ण,ताल व्यवस्थापन लगाएतका काम हुन्छ । कडेलले भने– “गाउँपालिका कै पहिचानका रुपमा रहेको ताललाई हामी व्यवस्थित र संरक्षण गर्दै छौं , ताल क्षेत्रमा पर्यटक भित्राउन सकियो भने ताल नजिक रहेका बस्ती त्रिपालनगर,ज्योतिनगर र भू.पू. गाउँका नागरिकको जिवीको पार्जन सहज हुनसक्छ” ।

ताल क्षेत्रको संरक्षण र यसको व्यवस्थापन का लागि यस आर्थिक बर्षको बजेटमा १५ लाख विनियोजन भएको कडेलले बताए । ताल क्षेत्रमा हाल तालको किनारा मिलाउने , पानीको संभाव्यता अध्ययन गर्ने नजिकैको सुरही खोलाबाट पानी लिप्ट गर्ने जस्ता योजना रहेको उनले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गबाट करिब ५ कि.मी.पश्चिममा रहेको ताल क्षेत्र वरिपरि मगर जनजातीको बाहुल्यता रहेको बस्ती छ । ताललाई व्यवस्थित बनाउने र सोही गाउँमा होम स्टे संचालन गर्न सकिने भने ताल राम्रो आय स्रोत बन्ने स्थानीय अग्नी सापकोटाले बताए । “ताल संरक्षण संगै यसको प्रचार प्रचार गर्न सकियो भने पर्यटकहरुको लागी राम्रो गन्तव्य शंकरपुर ताल बन्न सक्छ” उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरीको मटिहानी बजारमा आगलागी हुँदा पाँच वटा पसलमा क्षति
महोत्तरीको मटिहानी बजारमा आगलागी हुँदा पाँच वटा पसलमा क्षति
एकाविहानै मतदानमा नेताहरु, रामचन्द्र पौडेलदेखि प्रचण्डसम्म तस्विरसहित
एकाविहानै मतदानमा नेताहरु, रामचन्द्र पौडेलदेखि प्रचण्डसम्म तस्विरसहित
वाम गठबन्धन पाल्पाको समृद्धि ल्याउने घोषणापत्र
वाम गठबन्धन पाल्पाको समृद्धि ल्याउने घोषणापत्र
राजस्व चुहावट प्रकरणमा चूडामणि शर्मालाई सफाई
राजस्व चुहावट प्रकरणमा चूडामणि शर्मालाई सफाई
३३ किलो सुनकाण्डमा ३ सय अनुसन्धानको दायरामा, केही राजनीतिक दलका नेताहरु पनि
३३ किलो सुनकाण्डमा ३ सय अनुसन्धानको दायरामा, केही राजनीतिक दलका नेताहरु पनि
संसदीय सुनुवाईः क्याभाना र फोर्डबीच आरोप प्रत्यारोप
संसदीय सुनुवाईः क्याभाना र फोर्डबीच आरोप प्रत्यारोप
आजको सूर्यग्रहणमा कुन राशिलाई के योग ?
आजको सूर्यग्रहणमा कुन राशिलाई के योग ?
भारतका प्रधानमन्त्री मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च
भारतका प्रधानमन्त्री मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च
अन्तरिक्ष तारामण्डल अवलोकनमै सीमित
निर्मला हत्याकाण्डको प्रतिवेदनप्रति प्रमुख प्रतिपक्षको चासो
निर्मला हत्याकाण्डको प्रतिवेदनप्रति प्रमुख प्रतिपक्षको चासो