सरकार विरुद्ध आन्दोलन गर्ने नयाँ शक्तिको निर्णय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १६, २०७५
|
|
२८ पटक हेरिएको
Shares
सरकार विरुद्ध आन्दोलन गर्ने नयाँ शक्तिको निर्णय

सारांश

  • काठमाडौं,  १६ कात्तिक।
  • डा.
  • बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको छ।

काठमाडौं,  १६ कात्तिक। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको छ। शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको १५ औं संघीय कमिटीको पूर्ण बैठकले जनताको पक्षमा काम गर्न पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको हो। निर्मला पन्तको हत्यारालाई कार्वाही गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेकालगायतका कारण सरकार विरुद्ध सडक संघर्ष गर्ने निर्णय लिनु परेको पार्टीका संयोजक डा. भट्टराईले जानकारी दिए।

बैठकले तत्काल संविधान संशोधन गर्न पनि सरकारसँग माग गरेको छ। राज्य पुनर्संरचना गर्न र मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजान संविधान संशोधन गर्न सरकारसँग माग गरिएको पनि संयोजक भट्टराईले जानकारी दिए। नयाँ शक्ति पार्टीले बुढी गण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्नुपर्ने लगायतका विषयमा सरकारलाई दवाव दिन माग १५ गतेदेखि फागुन १५ गतेसम्म राष्ट्रव्यापी जागरण अभियान पनि संचालन गर्ने निर्णय गरेको छ।

राष्ट्र र जनताको पक्षमा जनमत सृजना गर्न सो जागरण अभियान संचालन गर्न लागिएको पनि संयोजक भट्टराईले बताए। यसैबीच, नयाँ शक्ति पार्टी, नेपालले शुक्रबार अपरान्ह काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गर्दै निर्मला पन्तको हत्यारालाई अभिलम्ब पक्राउ गरी कडा कार्वाही गर्न पनि सरकारलाई पुनः दवाव दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?