प्रहरीलाइ फाेन गरेर अाफै पक्राउ पर्ने यी महासय !
सारांश
- बाजुरा, २५ कात्तिक ।
- १०० नम्बरमा फोन गरेर गलत सूचना दिने बाजुरा मार्तडीका वीरेन्द्र रावललाई प्रहरीले पक्राउ गरेको छ ।
- सुरुमा आफैँ फोन गरेर गलत सूचना दिने र प्रहरी नपुगेको भन्दै गाली गर्ने गरेको प्रमाणका आधारमा रावललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
बाजुरा, २५ कात्तिक । १०० नम्बरमा फोन गरेर गलत सूचना दिने बाजुरा मार्तडीका वीरेन्द्र रावललाई प्रहरीले पक्राउ गरेको छ । सुरुमा आफैँ फोन गरेर गलत सूचना दिने र प्रहरी नपुगेको भन्दै गाली गर्ने गरेको प्रमाणका आधारमा रावललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
प्रहरीले जनसेवाका लागि टोल फ्रि नम्बरका रूपमा १०० नम्बरलाई जारी गरेको छ ।
सुवेदी श्रेष्ठ बोलेको भन्दै प्रहरीलाई गाली गर्ने, झुटो खबर दिने र धम्की दिने गरेकाले बडिमालिका नगरपालिका–८ बस्ने २३ वर्षीय वीरेन्द्र रावललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरिएको प्रहरी नायब उपरीक्षक भाटले बताए । गलत मानसिकता र नियत राखी सुरक्षा निकायमाथि नै अविश्वास गर्ने खालको गतिविधि, आचरण देखाएको र गाली गरेकाले रावलमाथि सार्वजनिक अपराधसम्बन्धी मुद्दामा कारबाही गर्ने तयारी गरिएको भाटले जानकारी दिए ।
जय मालिका यातायात प्रालिको जिप काउन्टरमा काम गर्दै आएका रावलले आफ्नो र अरुको मोबाइल प्रयोग गरेर विगत केही सातादेखि प्रहरीलाई गलत सूचना दिँदै आएको प्रहरीले बताएको छ।
प्रतिक्रिया