किन लुकाइयो मन्त्रीपरिषदको निर्णय ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २६, २०७५
|
|
३१ पटक हेरिएको
Shares
किन लुकाइयो मन्त्रीपरिषदको निर्णय ?

सारांश

  • कात्तिक ११ गते यता नबसेको मन्त्रिपरिषद बैठक हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो ।
  • तर यो पटकको मन्त्रिपरिषद बैठक अलि फरक देखियो ।
  • सधैँझै बैठक सकिए पछि सञ्चारमन्त्रीले आएर सञ्चारकर्मीलाई बैठकको निर्णय सुनाउने गर्थे ।

कात्तिक ११ गते यता नबसेको मन्त्रिपरिषद बैठक हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो । तर यो पटकको मन्त्रिपरिषद बैठक अलि फरक देखियो । सधैँझै बैठक सकिए पछि सञ्चारमन्त्रीले आएर सञ्चारकर्मीलाई बैठकको निर्णय सुनाउने गर्थे । तर हिजो भने सञ्चारमन्त्रीले निर्णय सुनाएनन् । बरु अन्य कुनै प्रभावकारी माध्यमबाट निर्णय सार्वजनिक गरिने घोषणा गरे र हिडे ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णयलाई सरकारले तत्काल जानकारी नदिई नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको बताए ।

मन्त्रिपरिषदमा धेरै विषयमाथि निर्णय भएको भए पनि सार्वजनिक नगरिने मन्त्री बाँस्कोटाले बताए ।
प्रधानमन्त्री स्वस्थ भएपछि पहिलोपटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक नगर्नुका कारणबारे भने सरकारले कुनै जानकारी दिएको छैन । यद्यपि बैठकले भारतका लागि पूर्वमन्त्री निलाम्बर आचार्यलाई भारतको राजदूत सिफारिस गरेको निर्णय स्रोतले जानकारी गराएको थियो ।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?