छात्राबासमा ढोका थुनेर आगो लगाउँदा ११ को मृत्यु, २० घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
छात्राबासमा ढोका थुनेर आगो लगाउँदा ११ को मृत्यु, २० घाइते

सारांश

  • युगान्डा/एएफपी ।
  • युगाण्डाको एउटा स्कुलको छात्रावासमा आगलागीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
  • विद्यार्थीहरु सुतिरहेका बेला आगो लागेको कारण अरु २० जना जलेर घाइते भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

युगान्डा/एएफपी । युगाण्डाको एउटा स्कुलको छात्रावासमा आगलागीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

विद्यार्थीहरु सुतिरहेका बेला आगो लागेको कारण अरु २० जना जलेर घाइते भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । युगाण्डाको दक्षिणी क्षेत्रमा पर्ने राकैमा रहेको सेन्ट बर्नाड सेकेन्डरी स्कुलको छात्राबासमा आगलागी भएको हो ।

विद्यालयका प्रधानाध्यापक हेनरी सुबुगाले घटनामा दोषी भएको आशंका केही विद्यार्थीहरुलाई नियन्त्रणमा लिइएको बताएका छन् ।

बाहिरबाट ढोका बन्द गरिदिएर विद्यार्थीहरुलाई भित्र थुनेर बाहिर निस्कन नमिल्नेगरी आगो लगाइएको प्रहरीले जनाएको छ ।

बाहिरबाट ढोका बन्द भएकाले उद्धार गर्न पनि कठिनाई भएको प्रहरी अधिकारीहरुको भनाई छ । ढोका नलगाइएको भए मानवीय क्षती कम हुने प्रधानाध्यापक सुबेगाले बताएका छन् ।

कतिपय शवहरु अत्यधिक जलेर पहिचान गर्न गाह्रो भएकाले प्रहरीले डिएनए परिक्षण गर्न लगाइएको छ ।

क्षेत्रीय प्रहरी प्रमुख बेन नुवामान्याले एएफपीसँगको कुराकानीमा ११ जना विद्यार्थीको जलेर मृत्यु भएको पुष्टी गरेका छन् । आगलागीमा परेर जलेर घाइते भएका २० जनाको अस्पतालमा उपचार भइरहेको छ र उनीहरु अधिकांशको अवस्थार गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?