सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

सारांश

  • धनगढी, २७ कात्तिक।
  • सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी बर्खास्त भएका छन्।
  •  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो मन्त्री सोडारीलाई बर्खास्त गरिएको हो।

धनगढी, २७ कात्तिक। सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी बर्खास्त भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो मन्त्री सोडारीलाई बर्खास्त गरिएको हो।  मन्त्री पदच्यूत भएको विषयमा प्रदेश सरकारको आधिकारिक धारणा भने सर्वजनिक गरेको छैन।

केही दिन अघि मात्र मन्त्री सोडारी सवार गाडीले मसुरियामा ठक्कर दिएर एकजना घाइते भएका छन्। यो बिषय विवादमा तानिएको थियो।  मन्त्री सोडारी यस अघि पनि पटकपटक विवादमा तानिएका थिए। उनको ठाउँमा कैलाली ४ का नेकपाका सांसद कृष्ण सुवेदी मन्त्री हुने चर्चा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?