‘मिथिलाञ्चल तराई प्रदेश’ घोषणा गर्नुपर्नेमा जोड

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
४९ पटक हेरिएको
Shares
‘मिथिलाञ्चल तराई प्रदेश’ घोषणा गर्नुपर्नेमा जोड

सारांश

  • काठमाडौँ, १० मङ्सिर , ‘प्रजातान्त्रिक जनता पार्टी नेपाल’ले वर्तमान संविधानले सबै नागरिकलाई समानताको प्रत्याभूति दिन नसकेको तथा मधेशी जनतालाई समान अधिकार प्राप्त नभएको भन्दै संविधान संशोधन गर्न माग गरेको छ ।
  • पार्र्टीले आज पत्रकार सम्मेलनमा ३१ बुँदे संविधान संशोधन माग सार्वजनिक गर्दै नेपाललाई दुई प्रदेशमा मात्र विभाजन गर्नुपर्ने तथा सम्पूर्ण तराईको भू–भागलाई ‘मिथिलाञ्चल तराई प्रदेश’ घोषणा गर्नुपर्नेमा जोड दिएको छ ।
  • ‘मधेशको आवश्यकता समानता तथा समानुपातिक समावेशिता’ भन्ने नारा बोकेको सो पार्टीले राज्य सञ्चालकको स्वार्थका कारण आर्थिक अवस्था खस्केको र विदेशी हस्तक्षेप बढेको बताएको छ ।

काठमाडौँ, १० मङ्सिर , ‘प्रजातान्त्रिक जनता पार्टी नेपाल’ले वर्तमान संविधानले सबै नागरिकलाई समानताको प्रत्याभूति दिन नसकेको तथा मधेशी जनतालाई समान अधिकार प्राप्त नभएको भन्दै संविधान संशोधन गर्न माग गरेको छ ।

पार्र्टीले आज पत्रकार सम्मेलनमा ३१ बुँदे संविधान संशोधन माग सार्वजनिक गर्दै नेपाललाई दुई प्रदेशमा मात्र विभाजन गर्नुपर्ने तथा सम्पूर्ण तराईको भू–भागलाई ‘मिथिलाञ्चल तराई प्रदेश’ घोषणा गर्नुपर्नेमा जोड दिएको छ ।

‘मधेशको आवश्यकता समानता तथा समानुपातिक समावेशिता’ भन्ने नारा बोकेको सो पार्टीले राज्य सञ्चालकको स्वार्थका कारण आर्थिक अवस्था खस्केको र विदेशी हस्तक्षेप बढेको बताएको छ । पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुरले मधेशको भाषा तथा वेषभुषाको पहिचानलाई संरक्षण गर्नुपर्ने औँल्याउनुभयो ।

प्रा डा मोदराज बजगाईं, प्रा बाबुराम ढकाल, प्रा सुबोध झालगायतका वक्ताले देशमा प्रजातन्त्र स्थापना भए पनि जनताले त्यसको अनुभूति गर्न नपाएको बताउँदै तराई तथा मधेशको विकासमा पनि सरकारले चासो दिनुपर्ने औँल्याउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने
सरकारलाई कांग्रेसको चेतावनी: सँगै जेल जाने परिस्थिति सृजना गर्न खोजेको ?
सरकारलाई कांग्रेसको चेतावनी: सँगै जेल जाने परिस्थिति सृजना गर्न खोजेको ?
सत्तापक्षको एकलौटी मतले प्रदेश ७ को नाम र राजधानी स्वीकृत
सत्तापक्षको एकलौटी मतले प्रदेश ७ को नाम र राजधानी स्वीकृत
भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन प्रहरी नियन्त्रणमा
भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन प्रहरी नियन्त्रणमा
फेसबुक, ट्वीटर, गुगल आफ्नो विरुद्ध लागेको ट्रम्पको आरोप
फेसबुक, ट्वीटर, गुगल आफ्नो विरुद्ध लागेको ट्रम्पको आरोप
विवाह गरेको १५ मिनेटमै सम्बन्ध बिच्छेद
विवाह गरेको १५ मिनेटमै सम्बन्ध बिच्छेद
माओवादीले बुझायो प्रधानमन्त्रीलाई मन्त्रीको सूची
माओवादीले बुझायो प्रधानमन्त्रीलाई मन्त्रीको सूची
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
निर्मला हत्या प्रकरणः अदालतद्वारा पत्रकार भण्डारीलाई जेल सजाय !
निर्मला हत्या प्रकरणः अदालतद्वारा पत्रकार भण्डारीलाई जेल सजाय !
६७ सामुदायिक वनमा जलवायु अनुकूलन कार्यक्रम
६७ सामुदायिक वनमा जलवायु अनुकूलन कार्यक्रम