नासाको ‘इन्साइट ल्याण्डर’ यान मंगल ग्रहमा अवतरण, नयाँ रहस्य पत्ता लाग्ला!
सारांश
- बीबीसी ।
- अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान ‘इन्साइट ल्याण्डर’ नेपाली समयान’सार मंगलबार राति करिव पौने २ बजे मंगल ग्रहमा अवतरण गरेको छ ।
- मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान पठाएको हो ।
बीबीसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान ‘इन्साइट ल्याण्डर’ नेपाली समयान’सार मंगलबार राति करिव पौने २ बजे मंगल ग्रहमा अवतरण गरेको छ । मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान पठाएको हो । यो यान मंगल ग्रहमा अवतरण गर्ने अन्तिम सात मिनेट एकदमै तनावपूर्ण थियो ।
जब उक्त यान मंगलग्रहको भूमध्य रेखा नजिकको समथर मैदानमा सुरक्षित अवतरण गर्यो तव नासाको मिसन कन्ट्रोलमा खुसीको लहर छाएको थियो । वैज्ञानिकहरु खुसीले उफ्रिएका थिए।
मंगल ग्रहमा अवतरण गर्नुभन्दा सात मिनेट अगाडिको समय निकै महत्वपूर्ण थियो किनभने यानको गति २० हजार किलोमिटर प्रतिघण्टाले कम गर्नुपर्ने थियो ।
अब वैज्ञानिकहरु यो अन्तरिक्ष यान पूर्णरुपमा ठीक रहेको जानकारीको प्रतिक्षामा छन् । साथै यानले पठाउने त्यहाँ वरपरका तस्वीर र सन्देशको पनि प्रतिक्षा गरिरहेका छन् । इन्साइट ल्याण्डरले यी सबै जानकारी अबका केही घण्टाभित्रै पृथ्वीमा पठाउने सम्भावना रहेको वैज्ञानिकहरु बताउँछन् । यो ग्रहको ताममानबाट मंगल ग्रह अहिले कति सक्रिय छ भन्ने थाहा हुनेछ । यसको प्रयोगमा रेडियो ट्रान्समिशनको प्रयोग हुनेछ ।
मंगल ग्रह पृथ्वीसँग मिल्दोजुल्दो छ। त्यहाँ जीवनको सम्भावना छ कि छैन भनेर खोज तथा अनुसन्धान जारी छ। तर, इन्साइट ल्याण्डरले मंगल ग्रहबारे यस्ता जानकारी दिनसक्छ जुन अर्बौं वर्षदेखि वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् ।
आफ्नो अभियानको क्रममा यो यानले मंगल ग्रहमा एक साइज्मोमिटर राख्ने छ । त्यसले मंगल ग्रहभित्रको हलचल रेकर्ड गर्न सक्छ । मंगल ग्रह मुनि भूकम्पजस्तो हलचल हुन्छ कि हुँदैन भन्ने कुरा त्यसले पत्ता लगाउने छ । मंगल ग्रहलाई खनेर त्यसभित्रको रहस्य पत्ता लगाउन पठाइएको इन्साइट ल्याण्डर पहिलो अन्तरिक्ष यान हो।
यो अभियानमा संलग्न एक वैज्ञानिक सुजेन स्म्रेकर भन्छिन, ‘तपाईंले एउटा काँचो अन्डा र अर्को पाकेको अन्डा हातमा लिनुस् र दुवैलाई घुमाउनुस् । यी दुई अन्डा अलग-अलग तरिकाले घुम्नेछन् । किनभने अन्डाभित्रको तरल पदार्थ अलग-अलग छ । हामीलाई अझै मंगल ग्रह मुनि तरल या ठोस पदार्थ छ कि छैन, यसको भित्री भाग कति ठूलो छ या छँदैछैन कि भन्ने कुराहरु थाहा छैन । इन्साइट ल्याण्डर यानले हामीलाई त्यसको जानकारी दिनेछ ।’
प्रतिक्रिया