रोजगारीका लागि भारत जानेको निःशुल्क दुर्घटना बीमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०७५
|
|
५५ पटक हेरिएको
Shares
रोजगारीका लागि भारत जानेको निःशुल्क दुर्घटना बीमा

सारांश

  • बैतडी, १२ मङ्सिर , पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बीमा गरिने भएको छ ।
  • रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको अहिलेसम्म बीमा गरिएको थिएन ।
  • भारतमा रोजगारीका सिलसिलामा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै बीमा गर्ने तयारी भएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो ।

बैतडी, १२ मङ्सिर , पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बीमा गरिने भएको छ । रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको अहिलेसम्म बीमा गरिएको थिएन ।

भारतमा रोजगारीका सिलसिलामा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै बीमा गर्ने तयारी भएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । नगरपालिकाबाट भारतमा रोजगारी गर्न गएकामध्ये पहिलो चरणमा १०० जनाकोे निःशुल्क दुर्घटना बीमा गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाका तीन सहकारीमा आवद्ध शेयर सदस्यका घरपरिवारबाट कोही भारत गए उनीहरुको बीमा गरिने भएको हो ।

जिल्लास्थित पाटन नगरपालिका र ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज(रुडेस)को संयुक्त सहकार्यमा पाटनस्थित उदयदेव महिला बचत तथा ऋण सहकारी संस्था, खोड्पेस्थित सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था र सिद्धपुरस्थित महालक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थामा आवद्ध शेयर सदस्यका परिवारको बीमा गर्न लागिएको रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिनुभयो । बैतडीका अधिकांश नागरिक रोजगारीका लागि भारत जाने गरेका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूर्य थापाको दाबी : प्रचण्ड र माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य
सूर्य थापाको दाबी : प्रचण्ड र माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य
बैतडीका जनतालाई बाटो मर्मतपछि सहजता
बैतडीका जनतालाई बाटो मर्मतपछि सहजता
तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध
तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध
पहाडी जिल्लामा बाँदर आतङ्क रोक्न सांसदको माग
पहाडी जिल्लामा बाँदर आतङ्क रोक्न सांसदको माग
सिरियामा ७.८ म्याग्निच्यूडको भूकम्प, ११० भन्दा बढीको मृत्यु
सिरियामा ७.८ म्याग्निच्यूडको भूकम्प, ११० भन्दा बढीको मृत्यु
आज बडादशैको महाष्टमी, महाकालीको पूजा गर्दै कालरात्री गर्ने
आज बडादशैको महाष्टमी, महाकालीको पूजा गर्दै कालरात्री गर्ने
विन्दवासिनी बचत तथा ऋण सहकारीको नयाँ कार्यालयबाट कारोवार सुरु
विन्दवासिनी बचत तथा ऋण सहकारीको नयाँ कार्यालयबाट कारोवार सुरु
पाइलट नै नक्कली परेपछि ५० कर्मचारीसहित बर्खास्त
निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्छ: राज्यमन्त्री लामा
निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्छ: राज्यमन्त्री लामा
एमसिए–नेपालद्वारा तीनवटै ४०० केभी सबस्टेशनको निर्माण सम्झौता सम्पन्न
एमसिए–नेपालद्वारा तीनवटै ४०० केभी सबस्टेशनको निर्माण सम्झौता सम्पन्न