प्लाष्टिकमुक्त अभियान राराबाट शुरु गरिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
६५ पटक हेरिएको
Shares
प्लाष्टिकमुक्त अभियान राराबाट शुरु गरिने

सारांश

  • काठमाडौँ, १३ मंसिर ।
  • प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द गर्न यही मङ्सिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ शुरु गरिने भएको छ ।
  • समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा रहेको राराबाट शुभारम्भ गरिने उक्त अभियानको संयोजन आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालिले स्थानीय तहका प्रतिनिधिका साथै पर्यटन व्यवसायीको सहकार्य र समन्वयमा गर्ने भएको छ ।

काठमाडौँ, १३ मंसिर । प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द गर्न यही मङ्सिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ शुरु गरिने भएको छ ।

समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा रहेको राराबाट शुभारम्भ गरिने उक्त अभियानको संयोजन आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालिले स्थानीय तहका प्रतिनिधिका साथै पर्यटन व्यवसायीको सहकार्य र समन्वयमा गर्ने भएको छ । हिमाली जिल्ला मुगुमा पर्ने राराको अधिकतम लम्बाइ पाँच किलोमिटर र अधिकतम चौडाइ तीन किलोमिटर छ भने गहिराइ १६७ मिटर छ ।

उक्त कार्यक्रममा ५०० मिटरको दूरीमा १५ वटा डस्टबिन राखेर स्थानीय तल्लोमिलीदेखि रारासम्म करीब सात किलोमिटरमा सरसफाइ गरी फोहर व्यवस्थापन गरिने छ । कार्यक्रमअन्तर्गत यही मङ्सिर १७ गते जनप्रतिनिधि, स्थानीयवासीसँग विज्ञको अन्तक्र्रिया राखिएको छ ।

प्रालिका प्रबन्ध निर्देशक सोमबहादुर तामाङले प्लाष्टिकजन्य वस्तुले वातावरण र मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने हुँदा देशका विभिन्न हिमाली जिल्लादेखि नै पहाड र तराई क्षेत्रमा उक्त अभियान शुरु गर्न लागिएको बताए । देशका विभिन्न जिल्लाका स्थानीय तहका प्रतिनिधिसँग सहकार्य र समन्वय गरी उक्त अभियानलाई निरन्तरता दिने बताए ।

सन् २०२० मा २० लाख पर्यटक स्वदेशमा ल्याउन सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा पर्यटकस्थल सफा गरी उनीहरुलाई आकर्षित गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेलाई हेरेर माओवादीले पनि उपराष्ट्रपति दोहोर्याउने
कोरोना संक्रमितको संख्या नाघ्यो ५ हजार, शुक्रबार थपिए ४४८
कोरोना संक्रमितको संख्या नाघ्यो ५ हजार, शुक्रबार थपिए ४४८
पारश-हिमानी बिच सम्बन्ध सुधार भएकै हाे त ?
पारश-हिमानी बिच सम्बन्ध सुधार भएकै हाे त ?
बालेन शाह र हर्क साम्पाङबीच दोहोरी, शाहमाथि यसरी साम्पाङ ‘फोहोर उठाउन नसक्ने भन्दै नालायकको संकेत
बालेन शाह र हर्क साम्पाङबीच दोहोरी, शाहमाथि यसरी साम्पाङ ‘फोहोर उठाउन नसक्ने भन्दै नालायकको संकेत
स्थानिय तहमा सिसिटिभि क्यामराको निगरानी
स्थानिय तहमा सिसिटिभि क्यामराको निगरानी
गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय हो : राष्ट्रपति पौडेल
गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय हो : राष्ट्रपति पौडेल
कृषिमा हामीले के सुधार गर्न सक्छौं ?
कृषिमा हामीले के सुधार गर्न सक्छौं ?
के यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक ?
के यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक ?
सरकारलाई सांसद श्रेष्ठको प्रश्न : जिबी राईलाई प्रचण्ड र रविले गिरफ्तार गर्न नदिएको हो?
सरकारलाई सांसद श्रेष्ठको प्रश्न : जिबी राईलाई प्रचण्ड र रविले गिरफ्तार गर्न नदिएको हो?
मोदीको बायोपिकलाई पहिलो दिन मात्रै २ करोड
मोदीको बायोपिकलाई पहिलो दिन मात्रै २ करोड