पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०७५
|
|
५० पटक हेरिएको
Shares
पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु

सारांश

  • म्याग्दी, १७ मङ्सिर , करीब रु २८ करोडको लागतमा म्याग्दीको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु भएको छ ।
  • राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार खिवाङ शिख हुँदै घोडेपानी नजिकैको बस्ती चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति शुरु गर्न लागेको हो ।
  • आयोजनाका प्रमुख शिवराम गेलालले हाल कच्ची, साँघुरो र ग्रेड नमिलेको अवस्थामा रहेको सडकलाई फराकिलो बनाएर ग्राभेल, ढलान, ग्याब्रियन पर्खाल, मेशिनरी पर्खाल, ह्युम पाइप, कल्भर्ट, सोलिङ र ३.

म्याग्दी, १७ मङ्सिर , करीब रु २८ करोडको लागतमा म्याग्दीको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार खिवाङ शिख हुँदै घोडेपानी नजिकैको बस्ती चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति शुरु गर्न लागेको हो ।

आयोजनाका प्रमुख शिवराम गेलालले हाल कच्ची, साँघुरो र ग्रेड नमिलेको अवस्थामा रहेको सडकलाई फराकिलो बनाएर ग्राभेल, ढलान, ग्याब्रियन पर्खाल, मेशिनरी पर्खाल, ह्युम पाइप, कल्भर्ट, सोलिङ र ३.७५ किलोमिटर कालोपत्रे समेत गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार रु ३६ करोड ६९ लाख ५८ हजार १० लागत अनुमान गरिएको आयोजना निर्माणका लागि मोतीदान–जयमाता जेभीले रु २७ करोड ९१ लख ३५ हजार २२० मा ठेक्का सम्झौता गरेको छ ।

रघुगङ्गाको पहुँचमार्ग निर्माण

म्याग्दीमा निर्माण हुन लागेको ४० मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको बाँध स्थलसम्म पुग्ने पहुँचमा निर्माण भएको छ ।

रघुगङ्गा गाउँपालिका–३ घुमाउने तालदेखि पिप्ले मौवाफाँट, ४ नम्बर वडाको बुक्ल हुँदै दग्नाम र वडा नं ५ झिँको सिमानामा निर्माण हुन लागेको बाँधसम्म सडक पु¥याइएको हो ।

गत असारमा मौवाफाँटदेखि नयाँ मार्ग (ट्याक) खन्न शुरु गरेको भारतीय निर्माण कम्पनी जेपी एशोसियट्सले बाँधसम्म सडक पु¥याएको रघुगङ्गा हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ११ किलोमिटर पहुँचमार्ग मध्य नौ किलोमिटर ९०० मिटर सडकको ट्याक खुलिसकेको छ । घुमाउने तालदेखि पिप्लेसम्म र गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि बाँधसम्म नयाँ ट्याक निर्माण भएको हो ।

पिप्लेदेखि मौवाफाँटसम्म यसअघि निर्माण गरिएको सडक विस्तार र स्तरोन्नति गरिएको छ । मूल सडकदेखि बुक्लमा रहने अडिट नं २ को सुरुङमा जाने ८१४ मध्य ७१४ मिटर सडकको ट्याक खुलिसकेको छ ।

२०७४ मङ्सिर ५ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनी ऋण लगानीकर्ता भारतीय एक्जीम बैंकको स्वीकृति पछि २०७५ जेठ १० गतेदेखि कार्यक्षेत्रमा परिचालन भएको थियो ।
जलविद्युत् आयोजनाले बाँधसम्म निर्माण गरेको सडक विस्तार गरेर पाखापानीको औला जोड्ने तयारी गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी हेडक्वार्टरको आदेश वेवास्ता गर्दै एनएमए निर्वाचनमा लोकेन्द्र विष्टको ठाडो हस्तक्षेप
माओवादी हेडक्वार्टरको आदेश वेवास्ता गर्दै एनएमए निर्वाचनमा लोकेन्द्र विष्टको ठाडो हस्तक्षेप
बदर मत दिन सिकाउने सिके राउतका कार्यकर्ता पक्राउ
निर्मलाको हत्या गरेको प्रदीप रावलद्धारा स्वीकार
निर्मलाको हत्या गरेको प्रदीप रावलद्धारा स्वीकार
इयुको सहयोग प्राथमिकता नवीकरणीय ऊर्जा र ऊर्जा सुरक्षा
इयुको सहयोग प्राथमिकता नवीकरणीय ऊर्जा र ऊर्जा सुरक्षा
बहिरी देवीसँग चिच्चाएर वर माग्दै भक्तजन
बहिरी देवीसँग चिच्चाएर वर माग्दै भक्तजन
श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
‘भोट हालेका सांसद कहिल्यै देखेनौं’
‘भोट हालेका सांसद कहिल्यै देखेनौं’
सार्वजनिक स्थानमा हुने यौनजन्य क्रियाकलापविरुद्ध अभियान शुरु
सार्वजनिक स्थानमा हुने यौनजन्य क्रियाकलापविरुद्ध अभियान शुरु
घोराही उपमहानगरपालिकाका मेयर र उपमेयरद्वारा सपथ
घोराही उपमहानगरपालिकाका मेयर र उपमेयरद्वारा सपथ
यौन सम्बन्ध नराख्ने मानिस १५० वर्ष सम्म बाच्ने !
यौन सम्बन्ध नराख्ने मानिस १५० वर्ष सम्म बाच्ने !