नेपाल अाइडलमा पराल उपहार पाए यी चार जनाले !
सारांश
- काठमाण्डौ, २२ मंसिर ।
- नेपाल आइडलमा अब जम्मा चार जना प्रतिस्पर्धी बाँकी छन् ।
- तर बिहिबार पाँच जनाले गित गाउँदाको क्षण अविष्मरणीय बन्यो ।
काठमाण्डौ, २२ मंसिर । नेपाल आइडलमा अब जम्मा चार जना प्रतिस्पर्धी बाँकी छन् । तर बिहिबार पाँच जनाले गित गाउँदाको क्षण अविष्मरणीय बन्यो । विशेष गरी भर्सलटायर सिङ्गर भनेर चिनिएका विक्रम बरालको प्रस्तुति विशेष रह्यो । बरालले गित गाएर मात्रै नेपाल आइडल विशेष रहेन । उनको गायकीलाई तीन जना जज र एक जना अतिथी गायकले खुलेर प्रशंसा गरे । अतिथीको रुपमा संगितकार अर्जुन पोखरेल उपस्थित थिए ।
बराललाई चार जनाले झण्डै १५ मिनेट प्रशंसा गरेको देखाइएको थियो । अनौठो त के रह्यो भने बराललाई जज न्यू बज्राचार्यले एक मुठा पराल उपहार दिए । बज्राचार्यले विक्रमसँगै अर्का जज कालिप्रसाद बास्कोटा, अमित बराल र एक गिटारिष्टलाई एकसाथ स्टेजमा बोलाएर संयुक्त रुपमा एक मुठा पराल उपहार दिएका हुन् । चारै जनाको कपालमा खैरो रंग मिसाइएकाले बज्राचार्यले संकेतस्वरुप पराल उपहार दिएका हुन् । जसलाई एकछिनको रमाइलोको रुपमा लिइएको थियो ।
आजको एपिसोडमा सुमित पाठकको आमा बोलको गितको प्रस्तुतिले सबैलाई रुवाएको थियो । गित गाइसकेपछि पाठकले आफ्नी आमा उपचारका क्रममा निधन भएको जानकारी गराएपछि कसैको आँखा पनि ओभानो रहन सकेन । पाठकले सबैलाई आमाको माया गर्न आग्रह पनि गरे । बिहिबारककाे अपिसोडमा अघिल्लोपटक बाहिरिएका पवन गिरी पनि उपस्थित थिए । उनलाई अष्ट्रेलियाबाट प्रशंसकले रकम र अमेरिकाबाट मायाको चिनोसहित गित रेकर्ड गर्ने प्रतिवद्धता व्यक्त गरेको सुनाइएको थियो । आइडलमा विक्रम, अमित, सुमितका साथमा अस्मिता अधिकारी र रवी ओड टप फाइभमा थिए । तर हिजाे शुक्रबार काे एपिसाेड बाट अमित बराल बाहिरि सकेका छन ।
प्रतिक्रिया