मप विश्वविद्यालयमा तालाबन्दी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
मप विश्वविद्यालयमा तालाबन्दी

सारांश

  • काठमाडौं, २३ मंसिर ।
  • सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी गरिएको छ ।
  • नेपाल विद्यार्थी संघ निकटका विद्यार्थीले रजिष्ट्रार महेन्द्र मल्ललाई निलम्बित गरी छानविन समिति गठन गरेको विरोध गर्दै विश्वविद्यालय केन्द्रिय क्याम्पसमा आज विहान ताला लगाएका हुन् ।

काठमाडौं, २३ मंसिर । सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । नेपाल विद्यार्थी संघ निकटका विद्यार्थीले रजिष्ट्रार महेन्द्र मल्ललाई निलम्बित गरी छानविन समिति गठन गरेको विरोध गर्दै विश्वविद्यालय केन्द्रिय क्याम्पसमा आज विहान ताला लगाएका हुन् ।
विद्यार्थीले प्रशासन र पठन पाठन बन्द गर्न आह्वान गर्दै नारा जुलुस समेत गरेका छन् । नेविसंघले आन्दोलनको कारक उपकुलपति भएको आरोप लगाएको छ ।

नेविसंघ इन्जिनियरिङ क्याम्पस समितिका कार्यवाहक अध्यक्ष राजन केसीले उपकुलपतिले विधि र पद्दती बाहिर गई रजिष्ट्रारको उपस्थिती बिना नियुक्तिहरु गरेकोले आफूहरु आन्दोलन गर्न बाध्य भएको बताए ।

विश्वविद्यालयले यहि मंसिर २० गते रजिष्ट्रार मल्ललाई निलम्बित गरी सहप्राध्यापक यामबहादुर कार्कीलाई रजिष्ट्रार नियुक्त गरिएको थियो । मल्ल हाल छानविनको प्रक्रियामा छन् ।

यस्तै, आन्दोलनको प्रतिकार गर्दै अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्रले पठन पाठन शुरु गर्नुपर्ने भन्दै छुट्टै नाराजुलुस गरेको अनेरास्ववियुका नेता निकुञ्ज पाण्डेले जानकारी दिए ।

https://starsoffline.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?