आइफोन बिक्रीमा प्रतिबन्ध लगाउन अदालतकाे आदेश ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
१७ पटक हेरिएको
Shares
आइफोन बिक्रीमा प्रतिबन्ध लगाउन अदालतकाे आदेश ?

सारांश

  • चीनको एउटा अदालतले अमेरिकी स्मार्टफोन निर्माता एप्पलका केही मोडलका फोन चीनमा आयात र बिक्री गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ।
  • अमेरिकी माइक्रो चिप निर्माता क्वालकमले एप्पलका केही फोनमा आफ्नो नाममा रहेको प्याटेन्ट चोरी गरेको आरोप लगाउँदै मुद्दा दायर गरको थियो।
  • उक्त मुद्दामा सुनुवाइ गर्दै अदालतले सो आदेश दिएको सिएनएनले उल्लेख गरेको छ।

चीनको एउटा अदालतले अमेरिकी स्मार्टफोन निर्माता एप्पलका केही मोडलका फोन चीनमा आयात र बिक्री गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ। अमेरिकी माइक्रो चिप निर्माता क्वालकमले एप्पलका केही फोनमा आफ्नो नाममा रहेको प्याटेन्ट चोरी गरेको आरोप लगाउँदै मुद्दा दायर गरको थियो। उक्त मुद्दामा सुनुवाइ गर्दै अदालतले सो आदेश दिएको सिएनएनले उल्लेख गरेको छ।

अदालतको आदेश सोमबार सार्वजनिक भए पनि हप्ता दिनअघिदेखि नै यो लागू भइसकेको जनाइएको छ। एप्पलले आइफोन ६ एस, ६एस प्लस, आइफोन ७, ७ प्लस, आइफोन ८, आइफोन ८ प्लस र आइफोन एक्समा पेटेन्ट उल्लंघन गरेको दाबी गर्दै क्वालकमले मुद्दा हालेको थियो। आइफोनका एक्सएस, एक्सएस प्लस र एक्सआर मोडलमा भने यो प्रतिबन्ध लागु हुने छैन। किनकी क्वालकमले मुद्दा हाल्दा यी फोन बजारमा आइसकेका थिएनन्। आइफोनमा फोटो एडिट र रिसाइज गर्नका लागि प्रयोग भएको प्रविधिको प्याटेन्ट आफूमा रहेको क्वालकमको दाबी छ। उसले टच स्क्रिनमा एपको म्यानेज गर्न अपनाइने प्रविधि पनि आफ्नै भएको दाबी गरेको छ।

‘एप्पलले हाम्रे बौद्धिक सम्पत्ति प्रयोग गरेर निरन्तर फाइदा लिइरहेको छ तर उसले हामीलाई क्षतिपूर्ति दिन अस्वीकार गर्दै आएको छ,’ क्वालकमले भनेको छ। एप्पलले भने क्वालकमले फोहोरी खेल खेलेको बताएको छ। ‘जुन कम्पनीको गैरकानुनी अभ्यासमाथि संसारभरका नियामकले अनुसन्धान गरिरहेका छन् त्यसले हाम्रा सामानमाथि प्रतिबन्ध लगाउन गरेको प्रयास दिक्क लाग्दो चाल हो,’ एप्पलले भनेको छ। उसले आदेश पुनरावलोकन गर्नका आवेदन दिने बताएको छ। अमेरिका र चीनबीच व्यापार युद्ध थाँती राखेर वार्ता भइरहेका बेला चिनियाँ अदालतको यो आदेशलाई आश्चार्यका रूप हेरिएको सिएनएनले जनाएको छ। एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?