जनकपुर पुगेका योगी आदित्यनाथले लेखे यस्तो पत्र
सारांश
- काठमाडौं ।
- विवाह पञ्चमकी आवसरमा भारतबाट जन्तीका रुपमा नेपालको जनकपुर आएका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर पुगेपछि एक पत्र लेखेर राम र जानकीको बिहेको जन्ती हुन पाउँदा खुसी लागेको बताएका छन् ।
- उनले पत्रमा जनकपुरमा पुजाआजा गर्न पाउँदा खुसी लागेको भन्दै राजा जनकको राजधानीमा आउँदा छुट्टै आनन्द आएको बताएका छन् ।
काठमाडौं । विवाह पञ्चमकी आवसरमा भारतबाट जन्तीका रुपमा नेपालको जनकपुर आएका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर पुगेपछि एक पत्र लेखेर राम र जानकीको बिहेको जन्ती हुन पाउँदा खुसी लागेको बताएका छन् ।
उनले पत्रमा जनकपुरमा पुजाआजा गर्न पाउँदा खुसी लागेको भन्दै राजा जनकको राजधानीमा आउँदा छुट्टै आनन्द आएको बताएका छन् । उनले यो अवसर दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिँदै बिहे पञ्चमीले दुई देशको धार्मिक तथा सांस्कृतिक महत्व बढाएको टिप्पणी गरेका छन् ।

उनले सीताको जीवन भारत र नेपालको सांस्कृतिको अभिन्न अंग भएको बताएका छन् । हरेक वर्ष विवाह पञ्चमीमा भारतबाट जन्ती सीताको माइती जनकपुर आउने प्रचलन रहेको छ ।
यसअघि यो अवसरमा भारतीय प्रधानमन्त्री आउने बताइए पनि भारतको आन्तरिक कारणले उनको नेपाल भ्रमण स्थगित भएपछि मुख्यमन्त्री आदित्यनाथ जनकपुर आएका हुन् ।
प्रतिक्रिया