प्रधानमन्त्री ओलीको योजनालाई सघाएर काम गर्न तयार छौँ : राजदूत रिचर्ड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको योजनालाई सघाएर काम गर्न तयार छौँ : राजदूत रिचर्ड

सारांश

  • काठमाडौं, २७ मंसिर ।
  • नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाउनु भएको ‘नेपाल सुखी नेपाली’ भन्ने नारालाई सहयोग गर्ने बताएका छन् ।
  • मकवानपुर उद्योग वाणिज्यसंघको आयोजनामा आज हेटौंडामा भएको पत्रकार समेलनमा बोल्दै उनले नेपालको सडक निर्माण र खानेपानीको क्षेत्रमा काम गरिरहेको बताए ।

काठमाडौं, २७ मंसिर । नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाउनु भएको ‘नेपाल सुखी नेपाली’ भन्ने नारालाई सहयोग गर्ने बताएका छन् ।

मकवानपुर उद्योग वाणिज्यसंघको आयोजनामा आज हेटौंडामा भएको पत्रकार समेलनमा बोल्दै उनले नेपालको सडक निर्माण र खानेपानीको क्षेत्रमा काम गरिरहेको बताए । २ सय २ वर्ष लामो नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाउने उनको भनाई छ ।

नेपालमा आएपछि काठमाडौंलाई मात्र भन्दा पनि पुरै नेपालको समस्यालाई हेरेर काम गरिने उनले बताए । राजदूत मोरिसले अन्तराष्ट्रिय लगानीका लागि नेपालको औद्योगिक वातावरण राम्रो हुनुपर्ने बताए ।

आज बिहान राजदूत मोरिसले तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?