दुई अध्यक्ष भएर संसारकै नमूना तरिकाले काम गरेका छौँ– प्रम ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०७५
|
|
२१ पटक हेरिएको
Shares
दुई अध्यक्ष भएर संसारकै नमूना तरिकाले काम गरेका छौँ– प्रम ओली

सारांश

  • काठमाडौँ, १ पुस, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ ।
  • तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी सङ्गठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी एशोसिएशनबीच एकीकरण गरी आज नेपाल कानून व्यवसायी सङ्गठन घोषणा गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
  • प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रजातन्त्रको नमूना काम गर्ने हाम्रो पार्टी नै हो, दुई अध्यक्ष भएर राम्ररी पार्टी चलाएका छाँै, यतिको राम्रो उदाहरण संसारमा कहीँ देखिएको छैन ।

काठमाडौँ, १ पुस, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ ।

तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी सङ्गठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी एशोसिएशनबीच एकीकरण गरी आज नेपाल कानून व्यवसायी सङ्गठन घोषणा गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रजातन्त्रको नमूना काम गर्ने हाम्रो पार्टी नै हो, दुई अध्यक्ष भएर राम्ररी पार्टी चलाएका छाँै, यतिको राम्रो उदाहरण संसारमा कहीँ देखिएको छैन ।” ठट्टाको शैलीमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “संविधानले दिँदैन, नत्र दु्ई जना मिलेर प्रधानमन्त्री भई देश पनि चलाउथ्यौँ ।”

मुलुकमा गणतन्त्रलाई संस्थागत गर्न नचाहनेहरुले अनेकखालका प्रचार गरेको भन्दै उहाँले अकारण प्रचार युद्ध शुरु गरेको उल्लेख गर्नुभयो ।

नेपाल प्रहरीले तालीम केन्द्र पनौती सार्ने भनेर १५ सय रोपनी जग्गा किन्ने तीन दशक अगाडिको निर्णय भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्रपतिले प्रहरीको ठाउँ लिन खोजेको रे, यो राष्ट्रपतिका विरुद्ध होइन, गणतन्त्रका विरुद्ध हो, गणतन्त्रका विरुद्ध बोल्ने र राजतन्त्र ब्युँत्याउँछाँै भन्ने सपना नदेखे हुन्छ ।”

प्रधानमन्त्री ओलीले जनताको शासनमा नागरिकको अधिकार र प्रेस स्वतन्त्रता खुम्चिएको भन्ने गलत प्रचार गरिएको बताउँदै कम्युनिष्ट सरकारले यस्तो नगर्ने स्पष्ट पार्नुभयो ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई समृद्ध बनाउने अभियानमा कानून व्यवसायीले काम गर्नु पर्नेमा जोड दिनुभयो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचमा हुने कमीकमजोरीलाई पूर्णता दिन पार्टीका कानून व्यवसायीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

नयाँ गठन भएको नेपाल कानून व्यवसायी सङ्गठनको संयोजक रुद्र नेपाल र सहसंयोजक डा दिनमणि पोखरेलको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति चयन भएको छ । यसअघि सङ्गठनको नेतृत्व रुद्र नेपाल र एशोसिएशनको नेतृत्व रमन श्रेष्ठले गर्नुभएको थियो । दुई पार्टी एकतापछि दुई सङ्गठनबीच एकता भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतको प्रस्ताव ‘सुविधाको गाडीको साटो एम्बुलेन्स किनौ’
कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतको प्रस्ताव ‘सुविधाको गाडीको साटो एम्बुलेन्स किनौ’
लकडाउन अन्त भएको दिन एक सय जना संक्रमित थपिए
विरगन्जका मेयर परिवारका दुई जनासहित चार कर्मचारीमा कोरोना पुष्टि
विरगन्जका मेयर परिवारका दुई जनासहित चार कर्मचारीमा कोरोना पुष्टि
चिकित्सा शिक्षा विधेयक दोस्रो पटक संसद् लगिँदै, के होला गोविन्द केसीको माग पुरा ?
संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड
संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड
संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ छः अध्यक्ष ओली
संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ छः अध्यक्ष ओली
भारतीय एक इन्जिनियरिङ कलेजको होस्टेलको खानामा सर्प भेटियो (भिडियोसहित)
भारतीय एक इन्जिनियरिङ कलेजको होस्टेलको खानामा सर्प भेटियो (भिडियोसहित)
प्रधानमन्त्री ओली अस्वस्थ
प्रधानमन्त्री ओली अस्वस्थ
उपमहासचिव भुसालद्वारा प्रतिबद्धता सार्वजनिक
उपमहासचिव भुसालद्वारा प्रतिबद्धता सार्वजनिक
पुरुषका यी ७ कुरा हरेक युवतीलाई असाध्यै मन पर्छ
पुरुषका यी ७ कुरा हरेक युवतीलाई असाध्यै मन पर्छ

तपाईंले छुटाउनुभयो कि?