मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
२८ पटक हेरिएको
Shares
मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास

सारांश

  • भक्तपुर, २ पुस , मध्यपुरथिमि नगरपालिका–४ थिमि र सूर्यविनायक नगरपालिका–४ दधिकोट जोड्ने हनुमन्ते खोलामा नयाँ पुल निर्माण हुने भएको छ ।
  • निर्माणाधीन नयाँ पुलको आज प्रतिनिधिसभा सांसद महेश बस्नेतले शिलान्यास गर्नुभयो ।
  • मध्यपुरथिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा उहाँले भक्तपुरमा एकैसाथ एक दर्जन पुलको निर्माण कार्य अगाडि बढिरहेको बताउँदै गाउँगाउँमा पक्की सडक र सबै खोला तथा नदीमा पुल निर्माण कार्य भइरहेको बताउनुभयो ।

भक्तपुर, २ पुस , मध्यपुरथिमि नगरपालिका–४ थिमि र सूर्यविनायक नगरपालिका–४ दधिकोट जोड्ने हनुमन्ते खोलामा नयाँ पुल निर्माण हुने भएको छ । निर्माणाधीन नयाँ पुलको आज प्रतिनिधिसभा सांसद महेश बस्नेतले शिलान्यास गर्नुभयो ।

मध्यपुरथिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा उहाँले भक्तपुरमा एकैसाथ एक दर्जन पुलको निर्माण कार्य अगाडि बढिरहेको बताउँदै गाउँगाउँमा पक्की सडक र सबै खोला तथा नदीमा पुल निर्माण कार्य भइरहेको बताउनुभयो ।

भक्तपुरको जनताले अबको चार वर्षमा चौतर्फी विकास देख्ने बताउँदै उहाँले विकासको विरोध गर्ने आफैँ सकिँदै जाने टिप्पणी गर्नुभयो । भक्तपुरको विकास अब कुनै हालतमा नरोकिने भन्दै विकासमा आएका समस्यालाई समाधान गर्दै लैजाने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेश नं ३ का सांसद शशिजङ्ग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिका–४ का वडा अध्यक्ष कुमार श्रेष्ठ, कार्यक्रममा सभापति एवं सूर्यविनायक नगरपालिका–४ का वडा अध्यक्ष उत्तम थापालगायतले तीन तहको सरकारले विकासका लागि बजेट विनियोजन गरेकाले विकास तीव्रगतिमा अगाडि बढेको बताउनुभयो । आगामी असोजसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ डिभिजन सडक कार्यालय भक्तपुरको रु छ करोड १० लाखको लागतमा निर्माण शुरु भएको हो ।

पुलको निरीक्षण

जनप्रतिनिधिले आज मध्यपुरथिमि नगरपालिकाको–४ र सूर्यविनायक नगरपालिकाका–३ बालकोट नयाँबस्ती जोड्न हनुमन्ते खोला निर्माण भइरहेको पुलको अनुगमन एवं अवलोकन गर्नुभएको छ । प्रतिनिधिसभा सांसद महेश बस्नेत, प्रदेश नं ३ का सांसद शशिजङ्ग थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, एमाले अध्यक्ष वचन देउजा, प्रमुख जिल्ला अधिकारी नारायण भट्टलगायतले पुलको अवलोकन गर्नुभएको हो ।

डोलिडारको रु दुई करोड एक लाखको लागतमा निर्माण भइरहेको पुलको आज ढलान कार्य भइरहेको र ढलानको मजबुद, निर्माण कार्यको अवस्था लगायतका बारेमा उहाँले चासो व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टाटा ब्रान्डका गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशतमै कर्जा पाइने
टाटा ब्रान्डका गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशतमै कर्जा पाइने
राष्ट्रियसभा बैठकमका एमसीसीकाे चर्चा
राष्ट्रियसभा बैठकमका एमसीसीकाे चर्चा
एसीसी इमर्जिङ कपमा नेपालले जित्यो टस: नेपाल र हङकङ अहिले भिडिरहेका छन्
एसीसी इमर्जिङ कपमा नेपालले जित्यो टस: नेपाल र हङकङ अहिले भिडिरहेका छन्
बिराटनगर महानगरपालिका बाट आयो यस्तो ताजा अपडेट, झन् बढ्यो मतान्तर !
बिराटनगर महानगरपालिका बाट आयो यस्तो ताजा अपडेट, झन् बढ्यो मतान्तर !
रुकुमपूर्वमा भेटियो नयाँ पर्यटकीय गन्तव्य
रुकुमपूर्वमा भेटियो नयाँ पर्यटकीय गन्तव्य
भदौ ९ गते सोमबारको राशिफल यस्तो छ
आमाछोरी एउटै पदमा भिड्दै,आफन्त र भोटरहरु अन्योलमै
आमाछोरी एउटै पदमा भिड्दै,आफन्त र भोटरहरु अन्योलमै
ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड
ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान बनाउने ८ जना विचौलिया पक्राउ
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान बनाउने ८ जना विचौलिया पक्राउ
बैंकको ढिलासुस्तीले उखु  किसानले समयमै पाएनन् भुक्तानी
बैंकको ढिलासुस्तीले उखु किसानले समयमै पाएनन् भुक्तानी

तपाईंले छुटाउनुभयो कि?