आज १८ औँ अन्तराष्ट्रिय आप्रवासन दिवस मनाईंदै
सारांश
- काठमाडौं, ३ पुस ।
- १८ औँ अन्तराट्रिय आप्रवासन दिवस आज नेपालमा पनि मनाईंदैछ ।
- दिवसको अवसरमा श्रमको सम्मान, राष्ट्रिय अभियान र सिपयुक्त जनशक्ति र स्वरोजगार आर्थिक समृद्धिको मुल आधार भन्ने नाराका साथ आप्रवासीको अधिकारका विषयमा विभिन्न कार्यक्रम हुँदैछन् ।
काठमाडौं, ३ पुस । १८ औँ अन्तराट्रिय आप्रवासन दिवस आज नेपालमा पनि मनाईंदैछ । दिवसको अवसरमा श्रमको सम्मान, राष्ट्रिय अभियान र सिपयुक्त जनशक्ति र स्वरोजगार आर्थिक समृद्धिको मुल आधार भन्ने नाराका साथ आप्रवासीको अधिकारका विषयमा विभिन्न कार्यक्रम हुँदैछन् ।
सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षणसम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा सन २००० देखि दिवस मनाउन थालिएको हो । अहिले विश्वका झण्डै २५ करोड ८० लाख मानिस आप्रवासीका रुपमा रहेका छन् ।
राजनीतिक अस्थितरताका कारण नेपालमा पछिल्लो समयमा रोजगारीका लागि विदेशिनेको संख्या बढेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मात्र देशले आर्थिक समृद्धि हासिल गर्ने बताए । अन्तराष्ट्रिय आप्रवासन दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपाल नवीन सोचका साथ आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको बताए ।
प्रतिक्रिया