ठोसो जलाउँदा जैविक क्षति बढ्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
ठोसो जलाउँदा जैविक क्षति बढ्दै

सारांश

  • वीरगञ्ज, पुस ३ , धान काट्ने यन्त्र कम्बाइन्ड हार्बेष्टरको प्रयोग बढ्दै गएपछि किसानहरूले खेतमै ठोसो (धानको बोट काटेर बाँकी रहेको फेद) जलाउने गरेका कारण जैविक क्षति हुने गरेको पाइएको छ ।
  • उक्त यन्त्रले धान काट्ने र चुट्ने काम एकै चोटि गर्दा ठोसो खेतमै गाडिएको अवस्थामा रहन्छ ।
  • किसानहरूले सो ठोसोमा आगो लगाई जलाउने गरेकाले प्रदूषण बढ्नुको साथै माटोको उर्वराशतिm नष्ट हुने गरेको कृषि औजार अनुसन्धान केन्द्र वीरगञ्जले जनाएको छ ।

वीरगञ्ज, पुस ३ , धान काट्ने यन्त्र कम्बाइन्ड हार्बेष्टरको प्रयोग बढ्दै गएपछि किसानहरूले खेतमै ठोसो (धानको बोट काटेर बाँकी रहेको फेद) जलाउने गरेका कारण जैविक क्षति हुने गरेको पाइएको छ ।
उक्त यन्त्रले धान काट्ने र चुट्ने काम एकै चोटि गर्दा ठोसो खेतमै गाडिएको अवस्थामा रहन्छ । किसानहरूले सो ठोसोमा आगो लगाई जलाउने गरेकाले प्रदूषण बढ्नुको साथै माटोको उर्वराशतिm नष्ट हुने गरेको कृषि औजार अनुसन्धान केन्द्र वीरगञ्जले जनाएको छ ।
“यन्त्रले धान काट्दा रहने ठोसो किसानहरूले जलाउने गरेकाले माटोलाई फाइदा पु¥याउने पौष्टिक तत्व नष्ट भएर जान्छ”, वरिष्ठ वैज्ञानिक तथा केन्द्रका प्रमुख सचिनकुमार मिश्रले राससलाई भन्नुभयो, “ठोसोमा आगो लगाउँदा खेतमा पाइने जैविक तत्व नष्ट हुने तथा उर्वराशतिm नष्ट भएर जाने गर्छ ।” त्यस्तो ठोसोको छुटटै व्यवस्थापन गर्नुपर्ने सुझाव कृषि विज्ञहरूको छ ।
यस्तो यन्त्रको प्रयोगले किसानहरूलाई धान काट्न, चुट्न सहज हुने भएकोले पर्सा जिल्लामा कम्बाइन्ड हार्बेष्टर यन्त्रप्रति किसानहरूको आकर्षण बढ्दै गएको छ । चौध वर्ष अगाडि कृषि औजार अनुसन्धान केन्द्रको सुझावमा पर्सा जिल्लाको कौवावनका किसान हाकिम अन्सारीले पहिलो चोटि उक्त यन्त्र ल्याएपछि अहिले पर्सामा उक्त यन्त्रको सङ्ख्या एकसयको हाराहारीमा पुगेको छ ।
कृषि मजदूरको बढ्दो अभाव, जलवायु परिवर्तन, समय कम लाग्ने, दांइँसमेत गर्ने भएकोले यो यन्त्रको माग बढ्दै गएको छ । भारतको पञ्जाबमा निर्मित उक्त यन्त्रको नेपाली बजारमा रु ४० लाख २५ हजार मूल्य रहेको छ ।
“प्रतिघण्टा एकदेखि डेढ विघा खेतको धान काट्ने भएपछि समयको बचत हुने र कम खर्चिलो भएकाले आफूले धान काट्दा उक्त यन्त्रको प्रयोग बढेको हो”, पोखरिया नगरपालिका–९ जमरवारी गाउँका किसान इस्लाम मियाँले भन्नुभयो, “मजदूर लगाएर धान काट्दा बढी समय तथा बढी खर्च हुने भएकाले यन्त्रले धान काटेका छौँ ।
मजदूरले प्रतिदिनको ज्याला कम्तीमा पाँच सय रुपैयाँ लिने गरेको तर यन्त्र लगाएर धान काट्दा प्रतिकठ्ठा ११ किलोग्राम धान दिनुपर्ने भएकाले यन्त्रबाट धान काटिएको अर्का किसान शेषमन पण्डितले बताउनुभयो । उहाँले भन्नुभयो, “एक कठ्ठा खेतको धान काट्न मजदूरले दुईदेखि तीन दिनसम्म लगाउँछ तर मेशिनले प्रतिघण्टा एकदेखि डेढ कठ्ठाको धान काट्ने भएकोले यो सस्तो पर्न जान्छ ।”
ठोसोमा आगो लगाउने परम्पराका कारण हुने गरेको जैविक क्षतिलाई रोक्न कृषि औजार अनुसन्धान केन्द्रले ठोसो व्यवस्थापन गर्ने उद्देश्यले ट्र्याक्टरबाट चल्ने वेलर र टर्को ह्याप्पी सिडर यन्त्र बनाउन अनुसन्धान शुरु गरेको छ ।
पर्सा जिल्लामा यस वर्ष किसानहरूले ४५ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरी दुई लाख २७ हजार २५० मेट्रिक टन धान उत्पादन गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?