काठमाडौंको विभिन्न ठाउँबाट चोरी गर्ने ५० बढी पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
काठमाडौंको विभिन्न ठाउँबाट चोरी गर्ने ५० बढी पक्राउ

सारांश

  • काठमाडौं, ४ पुस ।
  • प्रहरीले काठमाडौंको विभिन्न ठाउँमा चोरी गर्दै हिँड्ने ठूलो समूहलाई पक्राउ गरेको छ ।
  • उनीहरूले घर,पसल र सार्वजनिक सवारीसधनमा चढ्ने यात्रुको समेत पाकेट मारेर धनमाल लुट्ने गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं, ४ पुस । प्रहरीले काठमाडौंको विभिन्न ठाउँमा चोरी गर्दै हिँड्ने ठूलो समूहलाई पक्राउ गरेको छ ।

उनीहरूले घर,पसल र सार्वजनिक सवारीसधनमा चढ्ने यात्रुको समेत पाकेट मारेर धनमाल लुट्ने गरेको प्रहरीले जनाएको छ । यसरी चोरी गर्नेमध्ये ५० जनाभन्दा बढीलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले मंसिर २० गतेबाट चोरी र पाकेट मार्ने विरुद्धको अभियान नै संचालन गरेको छ । यही अवधिमा प्रहरीले ५० जनाभन्दा बढीलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये अधिकांश पेसेवर चोर रहेको प्रहरीले जनाएको छ ।

उनीहरू सबैलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?