पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्छ : मन्त्री भण्डारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०७५
|
|
४६ पटक हेरिएको
Shares
पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्छ : मन्त्री भण्डारी

सारांश

  • सुर्खेत ८, पुस, स् कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको समृद्धिका लागि कर्णालीका पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्ने बताउनुभएको छ ।
  • कर्णाली प्रदेश सरकारको सहयोग र नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशको समन्वयमा राष्ट्रिय समाचार समिति ९रासस० द्वारा आज आयोजित ‘प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण’को आज यहाँ उद्घाटन गर्दै उहाँले पत्रकारले रचनात्मकरूपले कलम चलाउनुपर्ने तथा आफ्ना समाचारमाथि अनुसन्धान तथा आत्ममूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।
  • सञ्चारसम्बन्धी हेर्ने मन्त्रालयका मन्त्री भण्डारीले कर्णाली प्रदेश सरकारले कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन गर्ने, पत्रकारका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने तथा प्रदेश सरकारले कर्णाली रेडियो, टेलिभजन सञ्चालन गर्ने जानकारी दिँदै सरकारले रासस र नेपाल पत्रकार महासङ्घसँग मिलेर काम गर्ने स्पष्ट गर्नुभयो ।

सुर्खेत ८, पुस, स् कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको समृद्धिका लागि कर्णालीका पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेश सरकारको सहयोग र नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशको समन्वयमा राष्ट्रिय समाचार समिति ९रासस० द्वारा आज आयोजित ‘प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण’को आज यहाँ उद्घाटन गर्दै उहाँले पत्रकारले रचनात्मकरूपले कलम चलाउनुपर्ने तथा आफ्ना समाचारमाथि अनुसन्धान तथा आत्ममूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चारसम्बन्धी हेर्ने मन्त्रालयका मन्त्री भण्डारीले कर्णाली प्रदेश सरकारले कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन गर्ने, पत्रकारका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने तथा प्रदेश सरकारले कर्णाली रेडियो, टेलिभजन सञ्चालन गर्ने जानकारी दिँदै सरकारले रासस र नेपाल पत्रकार महासङ्घसँग मिलेर काम गर्ने स्पष्ट गर्नुभयो ।

उद्घाटन समारोहमा राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससलाई उत्तरदायी, विश्वसनीय र भरपर्दो बनाइने बताउनुभयो । उहाँले लोकतन्त्रलाई सुदृढ गर्न राससलाई समायानुकूल विकास गरिने बताउनुभयो ।

राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससलाई समयानुकूल पुनःसंरचना गर्दै निकट भविष्यमा सातै प्रदेशबाट समाचार बुलेटिन प्रकाशन गरिने जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा सहभागी पत्रकारलाई समाचार सङ्कलन र स्थानीय समाचारदाता, नियमित र खोजी रिर्पोटिङ विषयमा प्रशिक्षण सञ्चालन गरिने रासस कर्णाली प्रदेशका संयोजक शुरबहादुर सिंहले जानकारी दिनुभयो ।

त्यस्तै प्रशिक्षणमा समाचार सम्पादन र भाषा, स्थानीयवासीको आँखामा पत्रकारिता, आलेख लेखन र स्रोत तथा संसदीय रिर्पोटिङ, फोटो पत्रकारिता र प्रदेश सञ्चार नीति तथा सूचनाको हकसम्बन्धी प्रशिक्षण दिइने संयोजक सिंहले जानकारी दिनुभयो । मुलुक सङ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Here’s how Ranbir Kapoor transformed into Munnabhai for ‘Sanju’
Here’s how Ranbir Kapoor transformed into Munnabhai for ‘Sanju’
राष्ट्रियसभाका लागि दल दर्ता आजसम्म : एमाले–माओवादी अझै चूप
राष्ट्रियसभाका लागि दल दर्ता आजसम्म : एमाले–माओवादी अझै चूप
उत्तर-पश्चिम चीनमा शक्तिशाली भूकम्पः १ सय ११ जनाको मृत्यु
उत्तर-पश्चिम चीनमा शक्तिशाली भूकम्पः १ सय ११ जनाको मृत्यु
खोजी, उद्धार र राहतका लागि रकम अभाव छैन : मन्त्री श्रेष्ठ
खोजी, उद्धार र राहतका लागि रकम अभाव छैन : मन्त्री श्रेष्ठ
विद्यालयमा तोप आक्रमण, चार विद्यार्थीको मृत्यु, १७ घाइते
विद्यालयमा तोप आक्रमण, चार विद्यार्थीको मृत्यु, १७ घाइते
राष्ट्रपतिमा र राजामा खासै फरक देखिएनः सामान्ती संस्कृति कायमै…
राष्ट्रपतिमा र राजामा खासै फरक देखिएनः सामान्ती संस्कृति कायमै…
रुपन्देही-२: एमाले ह्याट्रिक दाउमा, कांग्रेस कमब्याकको कसरतमा
रुपन्देही-२: एमाले ह्याट्रिक दाउमा, कांग्रेस कमब्याकको कसरतमा
अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्व आदेश ट्रम्प प्रशासनद्वारा फिर्ता
मुख्यमन्त्री टुंगो लगाउन वाम गठबन्धनको कार्यदल बैठक भोलि
मुख्यमन्त्री टुंगो लगाउन वाम गठबन्धनको कार्यदल बैठक भोलि
बौद्ध ग्रन्थ यसरी अनुवाद गर्दैछ बुद्धवचन अनुवाद समितिले
बौद्ध ग्रन्थ यसरी अनुवाद गर्दैछ बुद्धवचन अनुवाद समितिले