पोखरामा पूर्वराजा ज्ञानेन्द्रको बढ्दो चलखेल, गोप्य बैठक र भेटघाट तिव्र
सारांश
- पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गरेका छन् ।
- पोखराको निर्मल पोखरीस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा बस्दै आएका पूर्वराजाले अध्यक्ष थापासँग देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिएका थिए ।
- गोप्य भेटमा राजतन्त्र र हिन्दू राज्य कायम गर्ने विषयमा छलफल भएको थियो ।
पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गरेका छन् । पोखराको निर्मल पोखरीस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा बस्दै आएका पूर्वराजाले अध्यक्ष थापासँग देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिएका थिए । गोप्य भेटमा राजतन्त्र र हिन्दू राज्य कायम गर्ने विषयमा छलफल भएको थियो । त्यस लगत्तै ज्ञानेन्द्रले पूर्वमन्त्री जगत गौचन, कमला शर्मा, दुर्गा श्रेष्ठलगायत एक दर्जनभन्दा राप्रपाका नेतासँग भेट गरेका थिए ।
आजको समाचारपत्रमा प्रकाशित यो समाचार अनुसार भेटमा अधिकांश नेताले पूर्वराजालाई सक्रिय हुन सल्लाह दिएको बताइएको छ । अंग्रेजी नयाँ वर्ष मनाउन भन्दै यही पुस २ गते पोखरा पुगेका ज्ञानेन्द्रले हिजो आइतबार पश्चिमाञ्चल क्षेत्रका २१ जना स्थानीय नेतासँग सामूहिक भेट गरेका थिए । भेटमा सबैले देशमा राजतन्त्र र हिन्दू राज्य ल्याउन आन्दोलन गर्नुपर्ने विकल्प नभएको सुझाव पूर्वराजा ज्ञानेन्द्रलाई दिएका थिए । आफ्ना परिवारका लागि भन्दै करिब २४ वटा कोठा बुक गरेका पूर्वराजाले होटलमै सबैसँग भेटघाट गर्दै आएका छन् ।
प्रतिक्रिया