भृकुटीमण्डपमा जुत्ता, चप्पल मेलाको आकर्षण
सारांश
- काठमाडौं ।
- काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीमा उपभोक्ताको आकर्षण बढेको पाइएको छ ।
- पुस १९ गतेसम्म चल्ने प्रदर्शनीमा राजनीतिक दलका नेता, विभिन्न सेलिब्रेटी तथा सर्वसाधारण गरी करीब ८० हजारले अवलोकन गरेको आयोजकले जनाएको छ ।
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीमा उपभोक्ताको आकर्षण बढेको पाइएको छ ।
पुस १९ गतेसम्म चल्ने प्रदर्शनीमा राजनीतिक दलका नेता, विभिन्न सेलिब्रेटी तथा सर्वसाधारण गरी करीब ८० हजारले अवलोकन गरेको आयोजकले जनाएको छ । प्रदर्शनी अवलोकन गर्न नेपाल कम्युनिष्ट पार्टीका नेता पम्फा भुसाल, विरोध खतिवडा, कोमल ओलीलगायत पुगिसेका छन् ।
प्रदर्शनी अवलोकनका क्रममा स्वदेशी उद्योगको संरक्षण गरी राष्ट्रिय उत्पादन वृद्धि गर्न सकेमा आयात प्रतिस्थापन भई व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएका छन् । प्रदर्शनीमा विभिन्न ब्राण्डका स्वदेशी जुत्ता, चप्पल, छालाबाट बनेका वस्तुको प्रदर्शनीमा उपभोक्तालाई १० देखि १५ प्रतिशतसम्म छुटसमेत दिइएको संयोजक नवराज गौतमले जानकारी बताए ।
‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने मूल नाराका साथ जारी प्रदर्शनीमा देशभरि छरिएर रहेका साना, मझौला एवं ठूला उद्योगद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको उत्पादन राखिएका छन् ।
विदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने उद्देश्यले सञ्चालित औद्योगिक प्रदर्शनीले नेपाली जुत्ता, चप्पल लगायतका १९१ वटा स्टल छन् ।
प्रतिक्रिया