निर्मला प्रकरणबारे पत्रकार सम्मेलन गर्दै आईजिपी खनाल
सारांश
- काठमाडौं, ९ पुस ।
- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज पत्रकार सम्मेलन गर्दै छन् ।
- निर्मला पन्त हत्या प्रकरणमा दोषी पत्ता लगाउन नसकेको भन्दै आलोचना खेपिरहेका खनालले आज दिउँसो पौने २ बजे प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलन गर्न लोगेका हुन् ।
काठमाडौं, ९ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज पत्रकार सम्मेलन गर्दै छन् । निर्मला पन्त हत्या प्रकरणमा दोषी पत्ता लगाउन नसकेको भन्दै आलोचना खेपिरहेका खनालले आज दिउँसो पौने २ बजे प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलन गर्न लोगेका हुन् ।
बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तसहित समसामयिक घटनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लाएिको बताइएको छ । उनले निर्मला हत्याका विषयमा अनुसन्धानको पछिल्लो अवस्थाबारे पत्रकार सम्मेलनमा जानकारी दिने बताइएको छ ।
यस्तै, निर्मलाको हत्यारालाई कारवाही गर्न नसकेको भन्दै त्रिविका विद्यार्थीहरुले हस्ताक्षर संकलन गरेका छन् । निर्मलाको हत्या भएको लामो समय बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै विरोध स्वरुप आज विहान त्रिविका विद्यार्थीहरुले माइतीघर मण्डलामा हस्ताक्षर संकलन कार्यक्रम गरेका हुन् ।
संकलन गरिएको हस्ताक्षरलाई दिउँसो १२ बजे युएनको क्षेत्रीय कार्यालयमा बुझाउने त्रिविका विद्यार्थी सन्तोष (संर्षघ) दाहालले जानकारी दिनुभयो । निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । हत्या भएको भोलिपल्ट मात्रै उनको शव नजिककैको उखुबारीमा भेटिएको थियो ।
प्रतिक्रिया