तिन दिन देखि हराएका बृद्ध जंगलमा मृत फेला
सारांश
- चितवन १४ असार ।
- चितवनको भरतपुरमा तीनदिनदेखि बेपत्ता भएका एक बृद्ध आज जंगलमा मृत फेला परेका छन् ।
- भरतपुरको नवजागृति सामुदायिक वनभित्र आज अपरान्ह ४ बजेतीर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
चितवन १४ असार । चितवनको भरतपुरमा तीनदिनदेखि बेपत्ता भएका एक बृद्ध आज जंगलमा मृत फेला परेका छन् । भरतपुरको नवजागृति सामुदायिक वनभित्र आज अपरान्ह ४ बजेतीर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ प्रसिद्धि टोलका स्थानिय ६० बर्षका बृद्ध शेरबहादुर कुमाल यही असार ११ गतेदेखि बेपत्ता भएका थिए । स्थानियले दिएको सूचनाको आधारमा खोजीगर्दै जाँदा उनी मृत अबस्थामा फेला परेका हुन् ।
उनको खोजीका लागि परिवारबाट चितवन प्रहरीमा निवेदन समेत परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भैरहेको श्रेष्ठले जानकारी दिनुभयो । शवलाई अहिले पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा ल्याईएको छ । उनको मानसिक अवस्था सन्तुलन नभएको पारिवारिक स्रोतले जनाएको छ ।
सुर्य प्रसाद अधिकारी
प्रतिक्रिया