सप्तरीको अस्पतालमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गरिँदै
सारांश
- काठमाडौं, १० पुस ।
- सप्तरी राजविराजको सगरमाथा अञ्चल अस्पतालमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गर्ने प्रकृया सुरु भएको छ ।
- भारतको लगानीमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गर्ने प्रकृया सुरु भएको हो ।
काठमाडौं, १० पुस । सप्तरी राजविराजको सगरमाथा अञ्चल अस्पतालमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गर्ने प्रकृया सुरु भएको छ । भारतको लगानीमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गर्ने प्रकृया सुरु भएको हो ।
वर्षौँ बितिसक्दा पनि ठेकेदार कम्पनीले निर्माणको काम नसकेपछि ठेक्का रद्द गर्न लागिएको हो । भारतीय दूतावासमा ठेक्का रद्द गर्ने फाइल पेश गरिएको अस्पताल स्रोतले जनाएको छ ।
२ करोड २३ लाख ४४ हजार रुपैयाँमा ठेक्का लगेको प्रसूति गृह निर्माणको काम २०६६ सालमा सम्पन्न गर्नुपर्ने थियो । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत अधुरो काम सम्पन्न गर्ने गरी ठेक्का आह्वानको तयारी भैरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया