विभिन्न आरोपमा चार जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
३२ पटक हेरिएको
Shares
विभिन्न आरोपमा चार जना पक्राउ

सारांश

  • मङ्गलबारे, १२ पुस, इलामको सन्दकपुर गाउँपालिकाकी एक वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
  • गत शनिबार घरमै गई जबर्जस्ती गरेको आरोपमा प्रहरीले इलामको सन्दकपुर गाउँपालिका–४ का ३० वर्षीय सोम राई र झापा बुद्धशान्ति गाउँपालिका–४ बुधबारे निवासी २७ वर्षीय उत्तम श्रेष्ठलाई पक्राउ गरेको हो ।
  • प्रहरीले उनीहरूमाथि अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

मङ्गलबारे, १२ पुस, इलामको सन्दकपुर गाउँपालिकाकी एक वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

गत शनिबार घरमै गई जबर्जस्ती गरेको आरोपमा प्रहरीले इलामको सन्दकपुर गाउँपालिका–४ का ३० वर्षीय सोम राई र झापा बुद्धशान्ति गाउँपालिका–४ बुधबारे निवासी २७ वर्षीय उत्तम श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूमाथि अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी जिल्ला अस्पताल इलाममा कार्यरत कर्मचारीहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले माईजोगमाई गापा–४ की सामना लिम्बू र इलाम नगरपालिका–९ का २२ वर्षीय राजन राईलाई पक्राउ गरेको छ ।

ड्यूटीमा रहेका कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले उनीहरूलाई राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान शुरू गरिएको उपरीक्षक श्रेष्ठले बताउनुभयो । प्रहरीले अस्पतालका कर्मचारीको नाम गोप्य राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्लिम राष्ट्रमध्ये  कतारको प्रतिव्यक्ति आम्दानी सबैभन्दा बढी
मुस्लिम राष्ट्रमध्ये कतारको प्रतिव्यक्ति आम्दानी सबैभन्दा बढी
पुष्पा, केजिएफ र कान्ताराको रेकर्ड तोड्दै ‘हनुमान’ उत्तर भारतमा सुपरहिट
पुष्पा, केजिएफ र कान्ताराको रेकर्ड तोड्दै ‘हनुमान’ उत्तर भारतमा सुपरहिट
ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै
ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे देउवा
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे देउवा
लाइसेन्स लिंदा अब यस्तो क्लास लिनुपर्ने नियम
लाइसेन्स लिंदा अब यस्तो क्लास लिनुपर्ने नियम
भारतीय पक्षले अनधिकृतरुपमा नेपाली भूमि जाँच गरेकाेबारे छानबिन गर्न माग
भारतीय पक्षले अनधिकृतरुपमा नेपाली भूमि जाँच गरेकाेबारे छानबिन गर्न माग
रोल्पा र सोलुखुम्बुमा मृत अवस्थामा फेला
रोल्पा र सोलुखुम्बुमा मृत अवस्थामा फेला
प्रचण्ड-माधव पक्षीय भेलामा को को गए को को गएनन् ?
प्रचण्ड-माधव पक्षीय भेलामा को को गए को को गएनन् ?
भारतीय भूपू गोर्खा सैनिकको पेन्सन रोकियो
भारतीय भूपू गोर्खा सैनिकको पेन्सन रोकियो

तपाईंले छुटाउनुभयो कि?