सरकारले ३ सय वटा बिद्युतीय बस किन्ने, ५ देशमा राजदुत सिफारिश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सरकारले ३ सय वटा बिद्युतीय बस किन्ने, ५ देशमा राजदुत सिफारिश

सारांश

  • काठमाडौं, १२ पुस ।
  • सरकारले आफ्नै लगानीमा ३ सयवटा विद्युतीय बस खरिद गर्ने भएको छ ।
  • गत सोमबारको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

काठमाडौं, १२ पुस । सरकारले आफ्नै लगानीमा ३ सयवटा विद्युतीय बस खरिद गर्ने भएको छ । गत सोमबारको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै काठमाडौँ उपत्यकाको वातावरण स्वच्छ राख्न विद्युतीय बस किन्न लागिएको जानकारी दिए ।

त्यस्तै, मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको पनि मन्त्री बाँस्कोटाले जनाए ।

त्यस्तै सरकारले बंगलादेशका नेपाली राजदूत डा. चोपलाल भुसाल, दक्षिण कोरियाका राजदूत अर्जुन जगबहादुर सिंह र स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई फिर्ता बोलाएको छ । उनीहरुलाई फिर्ता हुन ३ हप्ताको समय दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जब चिनियाँ राजदूत यान्छी नेपाली गीतमा नाचिन् (भिडियो सहित)
जब चिनियाँ राजदूत यान्छी नेपाली गीतमा नाचिन् (भिडियो सहित)
बोरिस जोन्सन बेलायतको प्रधानमन्त्री हुने
बोरिस जोन्सन बेलायतको प्रधानमन्त्री हुने
छोरी भगाएको रिसमा धनुषाका एक परिवारले व्यक्ति अपहरण
छोरी भगाएको रिसमा धनुषाका एक परिवारले व्यक्ति अपहरण
प्राचीन काली मन्दिर रङ्गेलीको पहिचान
प्राचीन काली मन्दिर रङ्गेलीको पहिचान
सामुदायिक विद्यालयलाई डस्टविन वितरण
सामुदायिक विद्यालयलाई डस्टविन वितरण
‘थोरै फिल्म बनाउँछु, चलिरहेको भन्दा फरक बनाउँछु :निश्चल बस्नेत
‘थोरै फिल्म बनाउँछु, चलिरहेको भन्दा फरक बनाउँछु :निश्चल बस्नेत
प्रधानमन्त्री प्रचण्डसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता, के भयाे छलफल ?
प्रधानमन्त्री प्रचण्डसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता, के भयाे छलफल ?
काउसो पन्छिएकोमा एमाले रमाउनुभन्दा पनि प्रवृत्ति पल्किएकोमा चिन्तित हुनुपर्छ ।
काउसो पन्छिएकोमा एमाले रमाउनुभन्दा पनि प्रवृत्ति पल्किएकोमा चिन्तित हुनुपर्छ ।
प्रधानमन्त्री ओली जंगबहादुर र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख: केसी
प्रधानमन्त्री ओली जंगबहादुर र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख: केसी
दुर्गममा जानु पर्ने भएपछि सरकारलाई डाक्टरको खडेरी
दुर्गममा जानु पर्ने भएपछि सरकारलाई डाक्टरको खडेरी

तपाईंले छुटाउनुभयो कि?