अफ्रिकाको जिबुटीमा चीनको सैन्य बेस, भारत सशंकीत ;

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
१५ पटक हेरिएको
Shares
अफ्रिकाको जिबुटीमा चीनको  सैन्य बेस, भारत सशंकीत ;

सारांश

  • अफ्रिकाको जिबुटीमा चीनले नयाँ सैन्य बेस स्थापना गर्नका लागि चीनले सैनिकहरुले पठाएको बेइजिङको सरकारी मिडियाले जनाएको छ ।
  • विदेशी भूमिमा चीनको यो पहिलो सैन्य बेस हुनेछ ।
  • चीनले अफ्रिका र पश्चिम एसियामा शान्ति स्थापना र मानवीय सहायताका लागि यो बेसको प्रयोग गरिने बताएको छ ।

अफ्रिकाको जिबुटीमा चीनले नयाँ सैन्य बेस स्थापना गर्नका लागि चीनले सैनिकहरुले पठाएको बेइजिङको सरकारी मिडियाले जनाएको छ । विदेशी भूमिमा चीनको यो पहिलो सैन्य बेस हुनेछ ।

चीनले अफ्रिका र पश्चिम एसियामा शान्ति स्थापना र मानवीय सहायताका लागि यो बेसको प्रयोग गरिने बताएको छ ।

सिन्हवाका अनुसार यसलाई सैन्य सहकार्य, जल अभ्यास र उद्धार मिसनमा पनि प्रयोगमा ल्याइनेछ । चीनले पछिल्लो पटक अफ्रिकामा ठूलो मात्रामा लगानी गरिहेको छ भने आफ्नो सैन्य शक्तिलाई आधुनिकीकरण गरिरहेको छ ।

सिन्हवाका अनुसार दक्षिणी ग्वाङडोङ प्रान्तको जानजियाङ सहरबाट मंगलबार सैन्य जहाज जिवुटीका लागि प्रस्थान गरेको छ.

हिन्द महासागरको उत्तर पश्चिमी सीमामा चीनले सैन्य बेस खडा गरेपछि भारत सशंकीत बनेको भारतीय मिडियाहरुले जनाएका छन् । भारतले यसलाई आफूलाई घेर्ने मालाको एक कडीको रुपमा लिएको बताइएको छ । चीनले यसअघि बंगलादेश, म्यानमार र श्रीलंकासँग पनि सैन्य सहकार्य गरिसकेको छ ।

बिबिसीका अनुसार चीन र जिबुटीबीच सहमति पछि सैन्य वेस निर्माण शुरु गरिएको थियो । गत वर्षदेखि नै सैन्य वेस निर्माण शुरु गरिएको बताइएको छ ।

जिबुटीमा यसअघि नै अमेरिका, जापान र फ्रान्सको सैन्य बेसहरु रहेका छन् ।

हर्न अफ अफ्रिका भनेर चिनिने क्षेत्रमा जिबुटी एउटा सानो देश हो । यो देश निकै व्यस्त जहाजको रुटको नजिक पर्दछ । निकै अस्थिर क्षेत्रमा यो देशलाई सबैभन्दा स्थिर मानिन्छ ।
सन् २०१५ मा भएको अफ्रिकी राष्ट्रहरुको सम्मेलनमा चीनले ६० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो । महादेशको सबैभन्दा ठूलो व्यापारिक साझेदार बन्दै चीनले त्यहाँ पूर्वाधारको क्षेत्रको ठूलो लगानी गरिरहेको छ ।

सन् २०१५ मा चीनले पहिलो शान्ति मिसनको रुपमा दक्षिण सुडानमा शान्ति सैनिक पठाएको थियो ।
एजेन्सी

 

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Ivy Bell

    If the site’s administrator keeps up the good work, there’s no doubt that it will become well-known very quickly for its high-quality content.

    Comment Author

    Davin Burton

    I frequently blog and thoroughly value your stuff.

    Comment Author

    Erica Perkins

    Nice post. I learn something totally new and challenging on websites

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?