इरानद्वारा १२० किलोमिटर टाढाबाट एकै पटक २ विमान खसाल्न सक्ने क्षेप्यास्त्र निर्माण

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ८, २०७४
|
|
५७ पटक हेरिएको
Shares
इरानद्वारा १२० किलोमिटर टाढाबाट एकै पटक २ विमान खसाल्न सक्ने क्षेप्यास्त्र निर्माण

सारांश

  • इरानले १२० किलोमिटर टाढाबाट एकै पटक २ विमान खसाल्न सक्ने क्षेप्यास्त्र निर्माण गरेको छ ।
  • सयाद–३ नाम दिइएको यो हतियार नयाँ प्रविधियुक्त हवाई सुरक्षा क्षेप्यास्त्रको निर्माण गरिएको हो ।
  • जसको अर्थ पारसीमा ‘शिकारी’ हुन्छ ।

इरानले १२० किलोमिटर टाढाबाट एकै पटक २ विमान खसाल्न सक्ने क्षेप्यास्त्र निर्माण गरेको छ ।

सयाद–३ नाम दिइएको यो हतियार नयाँ प्रविधियुक्त हवाई सुरक्षा क्षेप्यास्त्रको निर्माण गरिएको हो । जसको अर्थ पारसीमा ‘शिकारी’ हुन्छ ।

यसले १२० किलोमिटर टाढासम्म लक्ष्यलाई हिर्काउन सक्ने र २८ किलोमिटर उचाइँसम्म पुग्न सक्ने बताइएको छ । इरानका हवाई सुरक्षा प्रमुख बिग्रेडियर जनरल फरजाद इस्माइलीले क्षेप्यास्त्रबारे अयोजित एक कार्यक्रममा यो विशुद्ध घरेलु प्रविधिबाट निर्माण गरिएको बताए ।

यता, रक्षामन्त्री जेनेरल हुसेन देहघानले स्थानीय मिडियासँग कुराकानी गर्दै यो नयाँ शस्त्रले ३० वटा लक्ष्य पछ्याउन सक्ने र एकै पटक १२ वटामा आक्रमण गर्न सक्ने बताए ।

उनले भने, ‘सयाद ३ नयाँ प्रविधिले निर्माण गरिएको छ । यो ड्रोन, स्टील्थ विमान, क्रुज मिसाइल, हेलिकप्टर र अन्य विमानहरुजस्ता चुनौतीविरुद्ध प्रभावकारीरुपमा प्रयोग गर्न सकिनेछ ।’ देहघानले इरान यस क्षेत्रको शान्ति र सुरक्षाको रक्षक भएको बताउँदै छिमेकीहरु आफूहरुको क्षमता र शक्तिबाट आत्तिनु नपर्ने बताए ।

इरानसँग यसअघि नै रसियामा बनेको एस–३०० सरफेस टु एर मिसाइल रहेको छ । यसलाई गत अगस्तमा फोर्डो परमाणु क्षेत्रमा तैनाथ गरिएको थियो । नेटोले इरानको पछिल्लो क्षेप्यास्त्रलाई विश्वकै नयाँ प्रविधिबाट बनेको बताएको छ ।

इरानले आफ्नो परमाणु कार्यक्रमलाई अमेरिका र इरानबाट हुनसक्ने सम्भावित आक्रमणबाट बच्न रक्षात्मक प्रणालीलाई बलियो बनाउँदै लगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’ : मन्त्री विश्वकर्मा
‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’ : मन्त्री विश्वकर्मा
बिहारमा दलाइ लामालाई बोलाएपछि चीन-भारतब सम्बन्ध चिसियो –
बिहारमा दलाइ लामालाई बोलाएपछि चीन-भारतब सम्बन्ध चिसियो –
गोक्यो तालमा डुबेका तीन विद्यार्थी मध्ये एकको शव निकालियो
गोक्यो तालमा डुबेका तीन विद्यार्थी मध्ये एकको शव निकालियो
‘मायाबी’को छायांकन सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास
‘मायाबी’को छायांकन सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास
के साउदी अरबका राजकुमार सलमानको अन्त्य यही हो?
के साउदी अरबका राजकुमार सलमानको अन्त्य यही हो?
तीन वर्षभित्र देशैभर विद्युत् विस्तार– मन्त्री पुन
तीन वर्षभित्र देशैभर विद्युत् विस्तार– मन्त्री पुन
दिलबहादुर घर्ती बचाउन अन्तर्राष्ट्रिय रोल्पा समाज कतारद्वारा २ लाख ७५ हजार संकलन
दिलबहादुर घर्ती बचाउन अन्तर्राष्ट्रिय रोल्पा समाज कतारद्वारा २ लाख ७५ हजार संकलन
पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त
पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त
स्वास्थ्य अवस्था विग्रँदै गएपछि डा केसीकाे हेरचाहमा खटिएका चिकित्सकहरू बाहिरिए
स्वास्थ्य अवस्था विग्रँदै गएपछि डा केसीकाे हेरचाहमा खटिएका चिकित्सकहरू बाहिरिए
इरानमाथि आक्रमण गर्न स्वीकृति दिएका ट्रम्पले फेरि किन रोके ?
इरानमाथि आक्रमण गर्न स्वीकृति दिएका ट्रम्पले फेरि किन रोके ?