एमाले–माओवादी केन्द्रबीच पार्टी एकता सहमतिमा टुंग्याउने जिम्मा ओली–प्रचण्डलाई
सारांश
- काठमाडौं, ४ बैशाख ।
- नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ ।
- बालुवाटारमा सम्पन्न बैठकमा दुबै कार्यदलले बुझाएका प्रतिवेदनको अध्ययन गरी सहमतिमा टुंगो लगाउने जिम्मा दुबै पार्टी अध्यक्षलाई दिएको छ ।
काठमाडौं, ४ बैशाख । नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ । बालुवाटारमा सम्पन्न बैठकमा दुबै कार्यदलले बुझाएका प्रतिवेदनको अध्ययन गरी सहमतिमा टुंगो लगाउने जिम्मा दुबै पार्टी अध्यक्षलाई दिएको छ ।
बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी थिए ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Purna Thami
हुनैन हुनैन हुनैन।
Dip Tamang
आनुहार हेर्दै BP high भएर आफै टुंगो लाग्छ जस्तो देखिन्छ गर्छस पार्टी एकताको टुंगो । आसरे हिलोमा जोध्ने एक हाल गोरु झै सुहाउँदो देखिन्छ ।