काँग्रेसबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारी तोकियो, कसलाई कुन मन्त्रालय हेर्नुहोस

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
१७ पटक हेरिएको
Shares
काँग्रेसबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारी तोकियो, कसलाई कुन मन्त्रालय हेर्नुहोस

सारांश

  • काठमाडौं, ११ साउन ।
  • प्रमुख दल नेपाली कांग्रेसले सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको लागि जिम्मेवारी समेत तोकिसकेको छ ।
  • नयाँ सञ्चारमन्त्रीका रुपमा नेपाली कांग्रेसका सांसद एवम् नेता मोहन बस्नेत नियुक्त भएका छन् ।

काठमाडौं, ११ साउन । प्रमुख दल नेपाली कांग्रेसले सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको लागि जिम्मेवारी समेत तोकिसकेको छ ।

नयाँ सञ्चारमन्त्रीका रुपमा नेपाली कांग्रेसका सांसद एवम् नेता मोहन बस्नेत नियुक्त भएका छन् । प्रमुख दल कांग्रेसले केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले बस्नेतलार्ई सञ्चारमन्त्री बनाउने निर्णय गरेको हो ।

त्यस्तै नयाँ रक्षामन्त्रीका रुपमा नेपाली कांग्रेसका नेता एवम् सांसद भीमसेनदास प्रधान नियुक्त भएका छन् ।

त्यस्तै राजन केसीलाई खेलकुद, यज्ञ थापालाई कानून, सञ्जय गौतमलाई सिँचाई र रामकृष्ण यादवलाई कृषि मन्त्रालयको जिम्मेवारी दिईएको छ । देउवाबाट मन्त्री भएका चार जनालाई पनि मन्त्रालयको टुँगो लागिसकेको छ । बलबहादुर बलायरलाई भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

त्यस्तै खनेपानी तथा सरफाई मन्त्रीमा महेन्द्र यादव, वाणिज्यमा मिन विश्वकर्मा, अम्बिका बस्नेतलाई गरिवी निवारण तथा सहकारी मन्त्रीको जिम्मेवारी दिईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?