कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
२० पटक हेरिएको
Shares
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ

सारांश

  • केपी शर्मा ओली,    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  एमाले पहिलो पार्टी हुनुपथ्र्यो, भयो, यो त स्वभाविक नै थियो ।
  • तर, कांग्रेसले कसरी यति धेरै मत पायो ?
  • हामीले जनतामा परेको भ्रम अझै चिर्न सकेका रहेनछौं ।

केपी शर्मा ओली,    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  एमाले पहिलो पार्टी हुनुपथ्र्यो, भयो, यो त स्वभाविक नै थियो । तर, कांग्रेसले कसरी यति धेरै मत पायो ? हामीले जनतामा परेको भ्रम अझै चिर्न सकेका रहेनछौं । अब हाम्रो ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्छ भने’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो पार्टी एमालेले हरेक निर्वाचनमा जित्नुपर्ने बताए । ‘हरेक पेशागत तथा सामुदायिक संगठनमा एमालेले जित्नुपर्छ । जहाँ एमाले सरिक हुन्छ त्यो ठाउँमा जित्नुपर्छ । एमाले मैदानमा छ भनेपछि त्यो मैदान एमालेको हो, त्यहाँ एमालेले जित्नुपर्छ’ उनले भने ।

कांग्रेसको सति गएर निर्वाचन नजित्ने भन्दै निर्वाचन जित्नका निम्ति एमालेसँग सहकार्य गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।

‘कांग्रेसको सति गएर माओवादीले कहिल्यै चुनाव जित्न सक्दैन । अब नेपालमा लोकतन्त्रको नेतृत्व बामपन्थी आन्दोलनले मात्र गर्न सक्छ । र, त्यसको नेतृत्व एमालेले गर्छ । एमालेको नेतृत्वमा माओवादी केन्द्र आउनुपर्छ’ ओलीले भने ।

माओवादी केन्द्रका नेताहरुसँग सहकार्यका लागि आग्रह गर्ने तयारीमा रहेको ओलीको भनाई थियो । ‘म एक, दुई दिनमै माओवादीका नेतालाई भन्नेवाला छु, आजको यथार्थ र भोलिको सम्भावना बताउनेवाला छु, सति गएर चुनाव जितिन्न । चुनाव जित्नुपर्छ भने एमालेसँग सहकार्य गर्नुपर्छ, गर्नुस् भन्नेवाला छु ’ उनले भने ।

नेपाली कांग्रेस स्वतन्त्र न्यायपालिका, जनताको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताविरुद्ध खुलेआम बिदेशीको मतियार भएको भन्दै लोकतन्त्रको रक्षा वामपन्थी आन्दोलनबाट मात्र सम्भव हुने उनले बताए ।

वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वा्चित पदाधिकारीलाई निवास बालकोटमा बधाई दिँदै अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन परिणामप्रति टिप्पणी गर्नेक्रममा माओवादी केन्द्रलाई बामपन्थी सहकार्यका लागि    सुझाव दिएका हुन् ।.

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?