गर्लफ्रेण्डकै अगाडि दुई पटकसम्म बलात्कार पछि हत्या

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
२७ पटक हेरिएको
Shares
गर्लफ्रेण्डकै अगाडि दुई पटकसम्म बलात्कार पछि हत्या

सारांश

  • एजेन्सी।
  • रुसको साइबेरियाई शहर टोम्स्कमा डरलाग्दो हत्या मामिलामा एक व्यक्तिलाई २५ वर्षको जेल सजाय सुनाइएको छ।
  • ३० वर्षका एलेक्जेण्डर अल्तापोभलाई २० वर्षीया भिक्टोरिया पोभेस्मालाई दुई पटक बलात्कार गरेर हत्या गरेको अभियोगमा ३० वर्षको जेल सजाय सुनाइएको हो।

एजेन्सी। रुसको साइबेरियाई शहर टोम्स्कमा डरलाग्दो हत्या मामिलामा एक व्यक्तिलाई २५ वर्षको जेल सजाय सुनाइएको छ। ३० वर्षका एलेक्जेण्डर अल्तापोभलाई २० वर्षीया भिक्टोरिया पोभेस्मालाई दुई पटक बलात्कार गरेर हत्या गरेको अभियोगमा ३० वर्षको जेल सजाय सुनाइएको हो। अभियुक्तले २० वर्षीया युवतीको हत्यापछि मृत शरीरलाई टुक्रा टुक्रा पारेर शहरका विभिन्न भागमा लुकाएका थिए। यो काममा उनकी गर्लफ्रेण्डले पनि सहयोग गरेकी थिइन्। अदालतले क्रिसमसको दिन अभियुक्तलाई दोषी ठहर गरेको थियो।

२० वर्षीया आर्किटेक्चर विद्यार्थी भिक्टोरिया, अभियुक्तकी पहिलेदेखि कै साथी थिइन्। तर उनको आपराधिक पृष्ठभूमिका विषयमा उनलाई जानकारी थिएन। एलेक्जेण्डरले अदालतमा बताए अनुसार भिक्टोरिया यसअघि पनि उनी बस्ने घरमा आउँथिन्। सो क्रममा उनकी गर्लफ्रेण्ड एकाटेरिना पनि सँगै हुन्थिन्।

एलेक्जेण्डरले आफ्नो फ्लाटमा दुई पटक बलात्कार गरेका थिए। यो क्रममा उनकी गर्लफ्रेण्ड सोभामा बसेर यी सबै दृष्य हेरिरहेकी थिइन्। त्यसपछि दुवै जनाले बाथरुममा लगेर भिक्टोरियाको शीर काटे अनि शरीरलाई स–सना टुक्रा बनाए। त्यसपछि शरीरको टुक्रालाई प्यास्टिकमा प्याक गरे। अनि शहरका भिन्ना भिन्नै ठाउँमा लुकाए। राति अबेरसम्म पनि छोरी घर नआएपछि परिवारले प्रहरीमा खबर गर्यो। तर प्रहरीले उनलाई फेला पार्न सकेन।

भिक्टोरियाको काटिएको शीर बगैंचामा फेला परेपछि सनसनी मच्चियो। पछि शरीरका अन्य भाग शहरका विभिन्न स्थानमा फेला परेपछि यो विषय हाइप्रोफाइल भयो। अभियुक्तले बलात्कारपछि भिक्टोरियाले प्रहरीलाई खबर गर्ने धम्की दिएपछि आफूले हत्या गरेको स्वीकार गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बामदेव गौतमको परिवार, सहयोगी र सुरक्षाकर्मीको कोरोना टेष्ट, सबैको रिपोर्ट नेगेटिभ
पोखरामा पूर्वराजा ज्ञानेन्द्रको बढ्दो चलखेल, गोप्य बैठक र भेटघाट तिव्र
पोखरामा पूर्वराजा ज्ञानेन्द्रको बढ्दो चलखेल, गोप्य बैठक र भेटघाट तिव्र
कोरोना भाइरस छल्न थाइल्याण्डका राजा २० युवतीसहित जर्मनीको रिसोर्टमा
कोरोना भाइरस छल्न थाइल्याण्डका राजा २० युवतीसहित जर्मनीको रिसोर्टमा
देशभर चिसो बढ्यो
देशभर चिसो बढ्यो
प्रम ओलीलाई किन यति धेरै पिएचडी मोह ?
प्रम ओलीलाई किन यति धेरै पिएचडी मोह ?
३३ किलाे सुन प्रकरण:  नेपाल प्रहरीका पूर्वआईजीपी अर्याल र  सशस्त्रका पूर्व आइजीपी श्रेष्ठ पनि तानिए !
३३ किलाे सुन प्रकरण: नेपाल प्रहरीका पूर्वआईजीपी अर्याल र सशस्त्रका पूर्व आइजीपी श्रेष्ठ पनि तानिए !
फोहरलाई मोहर बनाउँदै घोराही उपमहानगर
फोहरलाई मोहर बनाउँदै घोराही उपमहानगर
राष्ट्रपतिकाे निर्वाचनबारे प्रधानमन्त्री र प्रमुख आयुक्त थपलियाबीच छलफल
राष्ट्रपतिकाे निर्वाचनबारे प्रधानमन्त्री र प्रमुख आयुक्त थपलियाबीच छलफल
इलाम-२ मतगणना अपडेटः मतान्तर फराकिलो बनाउँदै सुहाङ
इलाम-२ मतगणना अपडेटः मतान्तर फराकिलो बनाउँदै सुहाङ
विधान मस्यौदा माथि कांग्रेस केन्द्रीय समितिमा छलफल जारी
विधान मस्यौदा माथि कांग्रेस केन्द्रीय समितिमा छलफल जारी

तपाईंले छुटाउनुभयो कि?