गुल्मीमा ४५ प्रतिशत मत खस्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
गुल्मीमा ४५ प्रतिशत मत खस्यो

सारांश

  • गुल्मी, असार १४ – गुल्मीमा दिउँसो १ बजेसम्म ४५ प्रतिशत मत खसेको छ ।
  • गुल्मीमा १ लाख ८० हजार ७ सय ७५ मतदाता रहेका छन् ।
  • रेसुङ्गा र मुसिकोट गरी २ नगरपालिका र १० गाउँपालिकामा शान्तिपूर्ण मतदान भैरहेको छ ।

गुल्मी, असार १४ – गुल्मीमा दिउँसो १ बजेसम्म ४५ प्रतिशत मत खसेको छ । गुल्मीमा १ लाख ८० हजार ७ सय ७५ मतदाता रहेका छन् । रेसुङ्गा र मुसिकोट गरी २ नगरपालिका र १० गाउँपालिकामा शान्तिपूर्ण मतदान भैरहेको छ । जेष्ठ नागरिक, महिलादेखि अपांगता भएकाले पनि उल्लासपूर्वक मतदान गरिरहेका छन् ।

कुल मतदाता मध्ये ९४ हजार ७ सय ५९ जना महिला र ८६ हजार १५ जना पुरुष मतदाता रहेका छन् । मतदाता मध्ये गुल्मीमा १ जना तेस्रो लिङ्गी रहेका छन् । सबैभन्दा बढी मतदाता भएको स्थानीय तहमा मुसिकोट नगरपालिका रहेको छ । मुसिकोटमा १९ हजार ४ सय ८५ रहेका छन् भने सबैभन्दा कम मतदाता भएको स्थानीय तहमा कालिगण्डकी गाउँपालिका १२ हजार ६ सय ३४ रहेको छ ।

जिल्लामा सबैभन्दा बढी मतदाता संख्या भएको वडा छत्रकोट गाउँपालिका वडा नं ३ हर्दिनेटा ३३ सय २७ रहेको छ  भने सबैभन्दा कम मतदाता संख्या भएको वडामा रेसुङ्गा नगरपालिका वडा नं १३ दुविचौर ६ सय ८६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?