ट्रकको ठक्करबाट चार बर्षे बालकको मृत्यु ! घटनाको विरोधमा स्थानीय र प्रहरीबीच झडप…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २१, २०७३
|
|
१४१ पटक हेरिएको
Shares
ट्रकको ठक्करबाट चार बर्षे बालकको मृत्यु ! घटनाको विरोधमा स्थानीय र प्रहरीबीच झडप…

सारांश

  • ट्रकको ठक्करबाट मृत्यु हुनेमा सप्तरी पन्सेरा–९ का लक्ष्मण रामको छोरा अर्जुनकुमार राम रहेका छन् ।
  • पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ ख ६१८० नम्बरको ट्रकले बाटो काट्ने क्रममा बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
  • यसैबीच, घटनाको विरोधमा स्थानीवासीले राजमार्गमा चक्काजाम गरेर ठक्कर दिने ट्रकलाई आगोसमेत लगाएका छन् तर ट्रकमा आगो लगाएपछि तुरुन्त प्रहरीले निभाएको थियो ।

ट्रकको ठक्करबाट मृत्यु हुनेमा सप्तरी पन्सेरा–९ का लक्ष्मण रामको छोरा अर्जुनकुमार राम रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ ख ६१८० नम्बरको ट्रकले बाटो काट्ने क्रममा बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

यसैबीच, घटनाको विरोधमा स्थानीवासीले राजमार्गमा चक्काजाम गरेर ठक्कर दिने ट्रकलाई आगोसमेत लगाएका छन् तर ट्रकमा आगो लगाएपछि तुरुन्त प्रहरीले निभाएको थियो । सोही क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

सो झडपका क्रममा प्रहरीले भीडलाई तितरवितर गर्न १० राउण्ड अश्रुग्यास समेत गरेको छ । यता स्थानीयले फ्यालेको ढुङ्गाबाट केही प्रहरी घाइते भएको स्थानीयले बताएका छन् । झडपका कारण करिब तीन घन्टा राजमार्ग अवरुद्ध समेत भएको थियो ।

यता प्रहरीले बालकको शवलाई राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षणका लागि ल्याएको छ । ठक्कर दिने ट्रक प्रहरी कार्यालयमा राखिएको छ भने चालक फरार भएकाले खोजी भइरहेको इप्रका कल्याणपुरले जनाएको छ ।

यसैबीच, सप्तरीको मोवाहा गाविस–९ मा आज दिउँसो आगलागी हँुदा रु तीन लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीय तेजबहादुर लावतीको भन्साकोठाबाट अचानक आगो सल्किँदा निजको भान्साघर र ढुङ्गा तथा माटोले बनेको एउटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सो आगलागीबाट खाद्यान्न, लत्ताकपडा, अन्नपात र नगद जिन्सी गरी करिब रु तीन लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी
यस्तो छ, घोराही उपमहानगरपालिकाको नीति र कार्यक्रम
यस्तो छ, घोराही उपमहानगरपालिकाको नीति र कार्यक्रम
एमालेको नेपाल पक्ष राजीनामाबाट किन पछि हट्यो ?
एमालेको नेपाल पक्ष राजीनामाबाट किन पछि हट्यो ?
राजपाको विजय जुलुस निस्कँदै गर्दा अर्कैलाई उपमेयर घोषणा गरेपछि …
राजपाको विजय जुलुस निस्कँदै गर्दा अर्कैलाई उपमेयर घोषणा गरेपछि …
किशुनजीः जसलाई राजाहरुले दुःख दिए उनैले किन राजसंस्थालाई स्थान दिन भने ?
किशुनजीः जसलाई राजाहरुले दुःख दिए उनैले किन राजसंस्थालाई स्थान दिन भने ?
प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग
प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग
दोस्रो खेलमा नेपाललाई भियतनामले २-० गोलले पराजित,नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना
दोस्रो खेलमा नेपाललाई भियतनामले २-० गोलले पराजित,नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना
चैत १९ मा मोदीसँग भेट्ने गरी प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका सार्वजनिक
चैत १९ मा मोदीसँग भेट्ने गरी प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका सार्वजनिक
६१ केजी सुन तस्करी प्रकरण: २९ जना प्रतिवादी, एकीकृत कसुरसहितको अभियोग
६१ केजी सुन तस्करी प्रकरण: २९ जना प्रतिवादी, एकीकृत कसुरसहितको अभियोग
लुम्बिनी सरकारको प्रगति समीक्षा : योजना कार्यान्वयनमा केन्द्रित हुन निर्देशन
लुम्बिनी सरकारको प्रगति समीक्षा : योजना कार्यान्वयनमा केन्द्रित हुन निर्देशन

तपाईंले छुटाउनुभयो कि?