तेह्रथुमको अति संवेदशिल सहित सबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान हुँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
तेह्रथुमको अति संवेदशिल सहित सबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान हुँदै

सारांश

  • असार १४ – तेह्रथुमको अति संवेदनशिल क्षेत्र मानिएको आठराई गाउँपालिकास्थित शारदा आधारभूत विद्यालय केन्द्रमा समेत शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
  • जिल्लाका ५७ स्थानमा रहेका ८५ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको हो ।
  • बिहानैबाट केही ठाउँमा पानी परेर समस्या भएपनि सबै मतदान केन्द्रमा मतदाता उत्साहित भएर मतदान गरिरहेका छन् ।
असार १४ – तेह्रथुमको अति संवेदनशिल क्षेत्र मानिएको आठराई गाउँपालिकास्थित शारदा आधारभूत विद्यालय केन्द्रमा समेत शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
जिल्लाका ५७ स्थानमा रहेका ८५ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको हो । बिहानैबाट केही ठाउँमा पानी परेर समस्या भएपनि सबै मतदान केन्द्रमा मतदाता उत्साहित भएर मतदान गरिरहेका छन् ।
जिल्लाका अधिकांश ठाउँमा पानी परेको छ । टेन्ट नटाँगिएका मतदान केन्द्रमा पानी परेपछि मतदानको व्यवस्था मिलाउन ढिलाई हुँदा मतदान प्रक्रियामा केही ढिलाई समेत भएको छ ।
जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताउनुभयो । वृद्धवृद्धा, अपांग र अशक्तहरु समेत मतदान केन्द्रमा पुगेका छन् । मतदान केन्द्रमा उनीहरुलाई सजिलो र छरितो ढंगले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

सुरक्षा व्यवस्था समेत चुस्त दुरुस्त रुपमा मिलाइएको प्रहरी निरीक्षक डम्बर पुरीले बताउनुभयो । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा अहिलेसम्म २५ प्रतिशत बढी मतदान भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा ६० हजार ७ सय २१ जना मतदाता रहेका छन् । दुई सय २६ पदका लागि तेह्रथुममा सात सय ७२ जनाले उम्मेद्वारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?