दुई छाक खाना र पढाइ खर्च जुटाउन गीत गाउँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
४४ पटक हेरिएको
Shares
दुई छाक खाना र पढाइ खर्च जुटाउन गीत गाउँदै

सारांश

  • कलिला हातले रेटिएको सारंगीमा खिप्दै सडक पेटीमा लस्करै बसेका गन्धर्व बालबालिका दुई छाक खाना र पढाइ खर्च जुटाउन घोक्रो फुलाएर गाइरहेका भेटिए ।
  • आफ्नो अगाडि थापिएको रुमालमा श्रोताले जति पैसा राख्दै जान्थे, उति उत्साही हुँदै उनीहरू अझ निखारिएको स्वर निकालिरहन्थे ।
  • सदरमुकामको व्यस्त हुलाकटोलको अस्पताल मोडमा भेटिएका उनीहरू सडकमा आतेजाते बटुवाको ध्यान आफ्नो गीततर्फ तान्न ब्यग्र भेटिए ।

कलिला हातले रेटिएको सारंगीमा खिप्दै सडक पेटीमा लस्करै बसेका गन्धर्व बालबालिका दुई छाक खाना र पढाइ खर्च जुटाउन घोक्रो फुलाएर गाइरहेका भेटिए । आफ्नो अगाडि थापिएको रुमालमा श्रोताले जति पैसा राख्दै जान्थे, उति उत्साही हुँदै उनीहरू अझ निखारिएको स्वर निकालिरहन्थे ।
सदरमुकामको व्यस्त हुलाकटोलको अस्पताल मोडमा भेटिएका उनीहरू सडकमा आतेजाते बटुवाको ध्यान आफ्नो गीततर्फ तान्न ब्यग्र भेटिए । उनीहरूबीचका १२ वर्षीय सुमन गन्धर्व दैनिक यापनका साथै पढाइ खर्च जुटाउन झापादेखि धनकुटा आएका हुन् ।
उनीसँगै १४ वर्षीया दिदी रेजिना र ८ वर्षीय भाइ सुमित पनि साथै छन् । कलिला हातले सारंगी रेटदै घरदैलो गर्दै हिँडेका उनी वर्षभरि कपीकलम किन्ने खर्चको जोहोमा पूर्वी पहाडमा निस्किएका हुन् ।
सुमन झापाको केचनाकलस्थित लक्ष्मीप्रसाद देवकोटा माविमा ६ कक्षामा पढदै छन् । रेजिना १० र सुमित १ कक्षामा पढ्छन् । उनीहरू डुवाउ भएपछि तीन साता विद्यालय बन्द हुने मौका पारी पढाइ खर्चको जोहो गर्न यहाँसम्म आइपुगेको बताउँछन् । बाबु शंकरले रेटने पुरानो सारंगी अहिले सुमनको साथमा छ । बाबु भने रोजगारीका लागि भारत पसेको उनले बताए । बजार र आसपास गाउँबस्तीमा उनीहरू सारंगी रेटदै गीत सुनाउँछन् । दिनभरिमा मुस्किलले ३ देखि ४ सय रुपैयाँ कमाइ हुने उनले बताए । गीत गायनको माध्यमबाट पढाइ खर्च बटुल्दै हिँडेको सुमनले जानकारी दिए । ‘बुवाले सारंगी बजाउन सिकाउनुभयो,’ उनले भने, ‘अरू बेला बुवा आफैं बजाउनुहुन्थ्यो तर उहाँ घर नभएकाले मैले बोक्न पाएँ ।’
वर्षभरिमा किताब, कपी, कलम र विद्यालय खाजा खर्चका लागि सारंगीको भर पर्नुपरेको उनले सुनाए । उनी गीत गाउँदा आत्माविश्वाससाथ प्रस्तुत हुन्छन् । सारंगी बजाउन भने भर्खरै अभ्यस्त भएका हुन् रे । अरूभन्दा रेजिनाको स्वर निखारिएको छ । ‘घरैपिच्छे त गाउँदैनौं,’ उनले भनिन्, ‘केही घर बिराउँदै र चोकचोकमा गीत सुनाउँछौं ।’ सानो बालकले निकै आत्मविश्वाससाथ गाएको देख्दा बटुवा तथा सर्वसाधारणले केहीबेर उभिएर गीत सुन्ने र केही पैसा दिने गर्छन् ।
कचनकवल २ स्थित सुकुनादेवी, बनियानीमा घर भए पनि जग्गाजमिन नभएको तथा छोराछोरी पढाउने र बिहान बेलुकी झाक टार्नसमेत धौधौ परेको आमा सपनाले सुनाइन् । पढाइमा रुचि भए पनि कमाइ थोरै हुने भन्दै चिन्ता व्यक्त गरे । झापा, सुनसरी, मोरङलगायतमा उनहरूले सारंगीको भरमा गीत गाउँदै खर्च जुटाउँदै आएका छन् ।
‘जति पैसा दिए पनि हामी हात थाप्छौं,’ उनीहरूले भने, ‘इच्छाले दिएको पैसा लिन खुसी लाग्छ ।’ छोटो समयमा धेरै ठाउँ घुम्दै हिँडेको सुमनले बताए । उनले गाउने गीत धेरैजसो मायाप्रीति र इतिहासका गाथा हुन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने
बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने
गिरिजा हामी सबैको अभिभावक : अध्यक्ष दाहाल
गिरिजा हामी सबैको अभिभावक : अध्यक्ष दाहाल
सरकारले यातायात सिन्डिकेट विरुद्ध देशभर रुट इजाजत खुल्ला गर्ने
सरकारले यातायात सिन्डिकेट विरुद्ध देशभर रुट इजाजत खुल्ला गर्ने
बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए
बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए
सुनको भाउ घटयो, बुधबार कतिमा कारोबार भइरहेको छ ?
सुनको भाउ घटयो, बुधबार कतिमा कारोबार भइरहेको छ ?
जनावरले बनाएका अचम्म लाग्ने कीर्तिमान !
जनावरले बनाएका अचम्म लाग्ने कीर्तिमान !
काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता
काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता
ढुंगाले टाउकोमा हानेर मारेपछि पानी खुवाउने यी कस्ता श्रीमान ?
ढुंगाले टाउकोमा हानेर मारेपछि पानी खुवाउने यी कस्ता श्रीमान ?
प्रधानमन्त्री अोलीले पार्टीमा भित्र्याएका ‘कामचोर’ ठेकेदार प्रकाउ !
प्रधानमन्त्री अोलीले पार्टीमा भित्र्याएका ‘कामचोर’ ठेकेदार प्रकाउ !
गाउँ नै बामगठबन्धनमा प्रबेश
गाउँ नै बामगठबन्धनमा प्रबेश