धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
३१ पटक हेरिएको
Shares
धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते

सारांश

  • काठमाडौँ – धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
  • काठमाडौँबाट काकडभिट्टाको लागि छुटेको ना ५ ख २२९३ नम्बरको  बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटको विशालटारबाट करिब २० मिटर तल खसेको हो ।
  • दुर्घटनामा बस चालक झापा सिवसतासी नगरपालिका–६ का कमल ढुंगाना र सहचालक नवराज सिवाकोटीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

काठमाडौँ – धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

काठमाडौँबाट काकडभिट्टाको लागि छुटेको ना ५ ख २२९३ नम्बरको  बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटको विशालटारबाट करिब २० मिटर तल खसेको हो ।

दुर्घटनामा बस चालक झापा सिवसतासी नगरपालिका–६ का कमल ढुंगाना र सहचालक नवराज सिवाकोटीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएकाहरुको मलेखु सामुदायिक अस्पतालमा उपचार गरिएको छ । प्रहरीका अनुसार राती करिब १ बजे बस दुर्घटनामा परेको थियो । दुर्घटनाको प्रकृति अनुसार रातीको समयमा चालक निदाएकोले दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक सापकोटाले बताए । त्यस स्थानमा पटक पटक दुर्घटना हुने गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?