नयाँ शक्तिको झण्डा र चुनाव चिन्ह अब यस्तो हुनेछ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ७, २०७३
|
|
३२८ पटक हेरिएको
Shares
नयाँ शक्तिको झण्डा र चुनाव चिन्ह अब यस्तो हुनेछ

सारांश

  • नयाँ शक्ति नेपालले पार्टीको झण्डा र चुनाव चिन्ह फेर्ने निर्णय गरेको छ ।
  • पार्टीको राजनीतिक समिति र काठमाडौँमा उपलब्ध केन्द्रीय कार्यकारीणी सदस्यहरुको बिहिबार बसेको बैठकले सो निर्णय गरेको हो ।
  • बैठकको निर्णय अनुसार पार्टीको नयाँ चुनाव चिन्ह आँखा हुनेछ भने पार्टीको झण्डामा रातो पृष्ठ भूमिमा पाँचवटा ताराहरु रहनेछन् ।

नयाँ शक्ति नेपालले पार्टीको झण्डा र चुनाव चिन्ह फेर्ने निर्णय गरेको छ । पार्टीको राजनीतिक समिति र काठमाडौँमा उपलब्ध केन्द्रीय कार्यकारीणी सदस्यहरुको बिहिबार बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार पार्टीको नयाँ चुनाव चिन्ह आँखा हुनेछ भने पार्टीको झण्डामा रातो पृष्ठ भूमिमा पाँचवटा ताराहरु रहनेछन् ।

यसअघि पार्टीको चुनाव चिन्ह तारा र झण्डामा रातोपृष्ठ भूमिमा एउटा तारा रहेको थियो । तर, यसमा विवाद देखिएको थियो ।
निर्वाचन आयोगले पनि त्यसलाई नमान्ने बताएपछि पार्टीले झण्डा र चुनाव चिन्ह फेर्ने निर्णय गरेको हो । अब नयाँ चुनाव चिन्ह र झण्डा निर्वाचन आयोगमा पुनः बुझाइनेछ ।

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा एक नम्बर प्रदेश संयोजक पासाङ शेर्पाका अनुसार हिजोको बैठकले निम्न निर्णयहरु गर्यो :
– अबदेखि केन्द्रीय नेताले अनिर्वाय रुपमा पार्टीलाई मासिक मासिक लेवी बुझाउनुपर्नेछ ।
– केन्द्रीय कार्यकारिणी सदस्यले मासिक एक हजार र केन्द्रीय परिषद सदस्यले मासिक ५ सय बुझाउनुपर्नेछ ।
– केन्द्रीय कार्यकारिणीमा १ सयबढी सदस्य रहेका छन् भने केन्द्रीय परिषदमा ५ सय बढी सदस्य रहेका छन् ।
– नवप्रवेशी मदन केसीलाई केन्द्रीय कार्यकारिणी सदस्यत तथा कास्की जिल्लाको उत्प्रेरक बनाउने निर्णय गरिएको छ ।
– गुप्ता हमाललाई आमन्त्रित कार्यकारिणी सदस्य तथा ४ नम्बर प्रदेशका सहसंयोजक बनाउने निर्णय ।
– भाइरजा पाण्डे बाबुराम भट्टराईको राजनीतिक सल्लाहकार नियुक्त । भाइराजा बाबुरामका कक्षाका साथी पनि थिए ।
– पार्टीको स्वास्थय, योग तथा साधाना विभागको प्रमुख डा चेतनाथ अधिकारीलाई बनाउने ।
– श्रम तथा वैदेशिक रोजगार विभागको प्रमुखमा दानबहादुर तामाङलाई बनाउने निर्णय ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावपछि उठेका सवालहरु
चुनावपछि उठेका सवालहरु
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
‘प्रहरी हाम्रो टोलमा’
‘प्रहरी हाम्रो टोलमा’
डा. गोविन्द केसी प्रकरणले यसरी खुल्यो डा. बाबुराम भट्टराईको चेत
डा. गोविन्द केसी प्रकरणले यसरी खुल्यो डा. बाबुराम भट्टराईको चेत
१३ खर्ब १५ अर्बको बजेट , कर्मचारीको तलब बढेन, पत्रकारलाई दुर्घटना बिमा, सासंदलाई ४ करोड !
१३ खर्ब १५ अर्बको बजेट , कर्मचारीको तलब बढेन, पत्रकारलाई दुर्घटना बिमा, सासंदलाई ४ करोड !
चिनियाँ जनमुक्ति सेनाको टोली सुटुक्क नेपाल आए
चिनियाँ जनमुक्ति सेनाको टोली सुटुक्क नेपाल आए
प्रचण्ड र मोदीबीच भेटवार्ता : सगरमाथाको पानी मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य
प्रचण्ड र मोदीबीच भेटवार्ता : सगरमाथाको पानी मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य
रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरुले भने:  रविले न्याय पाउनुपर्छ !
रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरुले भने: रविले न्याय पाउनुपर्छ !
प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ आज हुँदै
प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ आज हुँदै
माग पूरा गर्न हड्ताल गर्ने दिन गए : प्रधानमन्त्री
माग पूरा गर्न हड्ताल गर्ने दिन गए : प्रधानमन्त्री