निलम्बित सभासद साहविरुद्ध मुद्दा दायर…

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २५, २०७३
|
|
१४६ पटक हेरिएको
Shares
निलम्बित सभासद साहविरुद्ध मुद्दा दायर…

सारांश

  • पूर्वराज्यमन्त्री तथा निलम्बित सभासद सञ्जयकुमार साहविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित साहले रु ३१ करोड ५० लाख २६ हजार ५५९ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको तर स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको हो ।
  • साहले सार्वजनिक पद धारण गरेदेखि सो पदमा बहाल रहँदा आफ्नो हैसियतभन्दा बढी खर्च गरेको तथा स्रोत नखुलेको सम्पत्तिबाट बढीबढाउ गरेको समेत देखिन आएको अख्तियारको भनाई छ ।

पूर्वराज्यमन्त्री तथा निलम्बित सभासद सञ्जयकुमार साहविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित साहले रु ३१ करोड ५० लाख २६ हजार ५५९ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको तर स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको हो ।

साहले सार्वजनिक पद धारण गरेदेखि सो पदमा बहाल रहँदा आफ्नो हैसियतभन्दा बढी खर्च गरेको तथा स्रोत नखुलेको सम्पत्तिबाट बढीबढाउ गरेको समेत देखिन आएको अख्तियारको भनाई छ ।

“साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसूर गरेको पुष्टि हुन आएकाले निजलाई ३१ करोड ५० लाख २६ हजार ५५९ रुपैयाँ २७ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार सजाय दिनसमेत माग गरिन्छ”– अख्तियारद्वारा आज विज्ञप्तिमा भनिएको छ ।

साहले आफ्ना बाबुआमा, श्रीमती, भाइलगायत अन्य आफन्तका नाममा समेत सम्पत्ति लुकाएको अख्तियारले जनाएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?