नेपालले युएईसँग खेल्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
नेपालले युएईसँग खेल्ने

सारांश

  • काठमाडौं, ५ पुस ।
  •  नेपाली क्रिकेट टोलीले आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) सँग वान डे र टी-२० श्रृंखला खेल्ने भएको छ ।
  • नेपालले जनवरीमा वान डे र टी-२० श्रृंखला यूएईमानै खेल्ने नेपाली क्रिकेट टिमका एनालिस्ट रमन शिवाकोटीले जानकारी दिए ।

काठमाडौं, ५ पुस । नेपाली क्रिकेट टोलीले आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) सँग वान डे र टी-२० श्रृंखला खेल्ने भएको छ ।

नेपालले जनवरीमा वान डे र टी-२० श्रृंखला यूएईमानै खेल्ने नेपाली क्रिकेट टिमका एनालिस्ट रमन शिवाकोटीले जानकारी दिए । शिवाकोटीका अनुसार नेपालले ५ मध्य कति टि-२० र वान डे खेल्ने भन्ने यसै साता तालिका सार्वजनिक हुनेछ । मैदान र समयको पनि यसै साता टुङ्गो लाग्ने शिवाकोटीले जानकारी दिए ।

नेपाल क्रिकेट संघ क्यान निलम्वनमा रहेको अवस्थामा खेलाडी र प्रशिक्षकको आग्रहमा आईसीसीले शृंखला खेलाउन लागेको हो । नेपालले अघिल्लो वर्ष जिम्बावेमा सम्पन्न एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर ४ वर्षको लागि वान डे मान्यता पाएको छ ।

नेपालले अगस्टमा वान डे अन्तर्रा्ष्ट्रियमा डेब्यु गर्दै नेदरल्यान्डसँग दुई वान डे खेल खेलेको थियो । दुई वान डे श्रृंखला १–१ को बराबरीमा सकिएको थियो ।

त्यस्तै नेपालले तेस्रो वानडे युएईसँग एसिया कप छनोटमा खेलेको हो । नेपालले हालसम्म खेलेका ३ वान डे खेलिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?