पदयात्रीलाई स्वास्थ्यसेवा उपलब्ध गराउन चिकित्सक टोली

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २६, २०७९
|
|
३७ पटक हेरिएको
Shares
पदयात्रीलाई स्वास्थ्यसेवा उपलब्ध गराउन चिकित्सक टोली

सारांश

  • काठमाडौँ।
  • हिमालयन उद्दार सङ्घले स्वदेशी तथा विदेशी पर्वतीय पदयात्रीको उपचारका लागि तीन ठाउँमा चिकित्सकसहितको टोली खटाइएको छ ।
  • वसन्त ऋतु सुरु भएसँगै हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटककोे उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्रका लागि उक्त टोली खटाइएको हो ।

काठमाडौँ। हिमालयन उद्दार सङ्घले स्वदेशी तथा विदेशी पर्वतीय पदयात्रीको उपचारका लागि तीन ठाउँमा चिकित्सकसहितको टोली खटाइएको छ । वसन्त ऋतु सुरु भएसँगै हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटककोे उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्रका लागि उक्त टोली खटाइएको हो ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी आधार क्षेत्रमा विशेषज्ञ सेवा प्रदान उपलब्ध गराउन स्वयम्सेवी चिकित्सक परिचालन गरिएको जानकारी दिए । उनका अनुसार सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक, फेरिचेमा दुई विदेशी र एक नेपाली चिकित्सक र मनाङ गाउँमा दुई विदेशी र एक नेपाली चिकित्सकले स्वास्थ्यसेवा प्रदान गर्नेछन् । ती टोलीमा सङ्घका कर्मचारीसमेत खटाइएका छन् ।

वसन्त र शरद ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०३० मा स्थापना भएको सङ्घले हरेक वर्ष हजारौँ स्वदेशी तथा विदेशी आरोहीलाई सेवा दिँदै आएको छ । “गोसाइँकुण्डमा जनैपूर्णिमाको मेला भर्न गएका तीर्थयात्रीलाई लक्ष्य गरी हरेक वर्ष स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौँ”, प्रमुख कार्यकारी अधिकृत बस्यालले भने ।

सङ्घका अध्यक्ष हरि धरेलले स्वयम्सेवी चिकित्सकलाई लेक लाग्ने, अन्य उपचारलगायत पर्वतीय क्षेत्रमा आइपर्ने स्वास्थ्य समस्याबारे विस्तृत तालिम प्रदान गरेर कार्यक्षेत्रमा पठाइएको जानकारी दिए । स्वदेशी पदयात्रीलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्दै आएको सङ्घले विदेशी पदयात्रीसँग भने थोरै शुल्क लिँदै आएको उनले बताए ।

सङ्घले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिएका चिकित्सकलाई मात्र कार्यक्षेत्रमा खटाउने गरेको छ । कार्यक्षेत्रमा जाने चिकित्सक ‘माउण्टेन मेडिसिन’ मा दक्ष हुन्छन् । सङ्घले सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वास्थ्य शिविर स्थापना गरी आरोही, आरोहणमा सहयोग गर्ने कर्मचारी ताथ अन्य पदयात्रीलाई सेवा दिँदै आएको छ ।

फेरिचेमा सन् १७७३, मनाङ गाउँमा सन् १९८० र गोसाइँकुण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आइएको सङ्घका अध्यक्ष धरेलले जानकारी दिए । लेकका बारेमा सूचना दिन होर्डिङ बोर्ड राख्ने, पर्चा छपाइ गरी वितरण गर्ने, पर्यटन सम्बद्ध पत्रिकामा सूचना छपाउने, स्कूल, कलेजका विद्यार्थीलाई तालिम प्रदान गर्नेलगायत काम गर्दै आएको सङ्घले जनाएको छ ।

सरोकारवालासँगको सहकार्यमा पर्यटक गाइड एवं पर्यटक सहयोगीलाई तालिम दिने तथा नेपाली सेनासँगको सहकार्यमा सफा हिमाल अभियानसमेत सञ्चालनसमेत संघले गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति
साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति
४०० ले गरे सगरमाथाको सफल आरोहण
४०० ले गरे सगरमाथाको सफल आरोहण
सागको अन्तिम दिन ५ खेल हुँदै, कुन खेल कहाँ?
सागको अन्तिम दिन ५ खेल हुँदै, कुन खेल कहाँ?
वाम गठबन्धनको  ८५ प्रतिशत र  कांग्रेसको ५५ प्रतिशत जित्ने दाबी
वाम गठबन्धनको ८५ प्रतिशत र कांग्रेसको ५५ प्रतिशत जित्ने दाबी
कपिलवस्तुमा ट्याक्टरको ठक्करवाट ८ वर्षिय वालकको मृत्यु
कपिलवस्तुमा ट्याक्टरको ठक्करवाट ८ वर्षिय वालकको मृत्यु
मुलुकमा नयाँ किसिमको समाजवाद ल्याउने : उपाध्यक्ष गौतम
मुलुकमा नयाँ किसिमको समाजवाद ल्याउने : उपाध्यक्ष गौतम
आठ परियोजना एकैसाथ अघि बढाउदै गोदावरी नगरपालिका
आठ परियोजना एकैसाथ अघि बढाउदै गोदावरी नगरपालिका
गाईघाट बजारनजिकै बम बिस्फोट हुँदा बालक घाइते
गाईघाट बजारनजिकै बम बिस्फोट हुँदा बालक घाइते
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
सरकारले दुई तिहाईको बलमा आतंक शुरु गर्यो:  गगन थापा
सरकारले दुई तिहाईको बलमा आतंक शुरु गर्यो: गगन थापा