नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
३८ पटक हेरिएको
Shares
नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश

सारांश

  • काठमाडौँ ।
  • एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ ।
  • मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् ।

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ ।

मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् । यससँगै नेपाल पाँच अङ्क जोड्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाल तीन खेलमा दुईमा जित र एक खेलमा अङ्क बाँड्दै पाँच अङ्कका साथ समूह ए को शीर्ष स्थानमा छ ।

समूह ए मा नै रहेका ओमान समान तीन खेलबाट चार अङ्कसहित दोस्रो स्थानमा छ भने समान खेलबाट दुई अङ्क जोडेको मलेसिया तेस्रो स्थानमा छ । त्यस्तै साउदीअरब दुई अङ्कका साथ चौथो स्थानमा छ । कतारले भने अङ्क जोड्न सकेको छैन ।

उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । ती समूहलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदीअरब, कतार र ओमान रहेका छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङ्कङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा
पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा
अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?
अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?
२२ अर्ब राजश्व सङ्कलन
२२ अर्ब राजश्व सङ्कलन
चेल्सीलाई २–० गोलअन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा
चेल्सीलाई २–० गोलअन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा
मध्यम अवस्थामा १० दिन भित्रमा सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार पुग्ने
सेतो रोयल गुम्बाको रजत जयन्ती सम्पन्न
सेतो रोयल गुम्बाको रजत जयन्ती सम्पन्न
अनमोललाई मित्रताले सेक्रेट लाइफबाट बाहिर निकाल्यो
अनमोललाई मित्रताले सेक्रेट लाइफबाट बाहिर निकाल्यो
चिनियाँ राष्ट्रपति आउने पक्का भएपछि हुन थाल्यो रातारात काम
चिनियाँ राष्ट्रपति आउने पक्का भएपछि हुन थाल्यो रातारात काम
संसद पुनःस्थापना नभई चुनाव भए के होला
संसद पुनःस्थापना नभई चुनाव भए के होला

तपाईंले छुटाउनुभयो कि?