नेपाल सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्रीको नियुक्त…
सारांश
- बिहीबार बसेको मन्त्रपरिषद बैठकले राजेन्द्र किशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ ।
- सरकारले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त गरेको हो ।
- विसं २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिएका क्षेत्रीले २०४१ साल पुस १९ गते शाखा अधिकृतबाट सेवा प्रवेश गरेका थिए ।
बिहीबार बसेको मन्त्रपरिषद बैठकले राजेन्द्र किशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । सरकारले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त गरेको हो ।
विसं २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिएका क्षेत्रीले २०४१ साल पुस १९ गते शाखा अधिकृतबाट सेवा प्रवेश गरेका थिए । उनको मुख्य सचिवको अवधि कात्तिक ८ गतेसम्म मात्र रहनेछ ।
उमेर हदका कारण उनको कात्तिक ८ गते अनिवार्य अवकास हुँदै छ । त्यसपछि हालका गृहसचिव लोक दर्शन रेग्मीलाई मुख्य सचिव बनाउने सरकारको योजना छ
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया