पिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
पिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण

सारांश

  • काठमान्डौ, २६  मंसिर।
  • एपिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण गरिएको छ ।
  • ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको एपिक नेपाल म्युजिक अवार्ड २०७५ का उत्कृष्ट पाँचमा परेकालाई  राजधानीमा एक कार्यक्रमका बीच प्रमाणपत्र तथा मेडल प्रदान गरिएको हो ।

काठमान्डौ, २६  मंसिर। एपिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण गरिएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको एपिक नेपाल म्युजिक अवार्ड २०७५ का उत्कृष्ट पाँचमा परेकालाई  राजधानीमा एक कार्यक्रमका बीच प्रमाणपत्र तथा मेडल प्रदान गरिएको हो ।

कार्यक्रमलाई रौनकता दिनको लागी नेपालमा पहिलो पटक नोमिनेसन कार्यक्रममा रेड कार्पेट विछाइएको थियो । साथमा विभिन्न पुष्प गुच्चाले मन्चलाई सिगाँरिएको थियो । कार्यक्रममा बरिष्ठ नेपाली चलचित्र क्षेत्रका पुराना निर्माता भुवन श्रेष्ठ , बरिष्ट निर्देशक मोहन निरौला , बरिष्ट पत्रकार विजय रत्न तुलाधर , चलचित्र निर्माता विधान शाह , महिला उध्यमी उमा श्रेष्ठ , चलचित्र पत्रकार संघ नेपालकी अध्यक्ष गीता अधिकारी , पत्रकार सुमन बैरागी , पत्रकार किरण अधिकारी , महिला भिडियो निर्देशक बविता श्रेष्ठ लगायतमा अतिथी रहेका थिए ।

उक्त अवसरमा नेपाली कला क्षेत्रमा सक्रिय सञ्चारकर्मीहरु टिभी टुडेका रमेश बस्नेत , एविसी टेलिभिजनका पत्रकार विनोद विश्वकर्मा , साप्ताहिकका कृष्ण भटटराई , नेपाल समाचार पत्रका विदुर गिरी ,शुशिल पौडेल कान्तिपुर दैनिक , बरिष्ट पत्रकार विजय रत्न तुलाधर, अनन्त बाग्ले अन्नपुर्ण दैनिक ,नयाँ पत्रिकाका लक्ष्मण सुवेदीलाई लाई सम्मान गरिने पनि घोषणा गरिएको थियो ।अवार्ड आगामी माघ ५ गते काठमाडौंको विशेष समारोहमा हुने अवार्ड आयोजक समितिका अध्यक्ष अमन श्रेष्ठले जानकारी दिए । अवार्डमा ७० प्रतिशत भोटिङ र ३० प्रतिशत जुरीको मतका आधारमा विजेता छनोट गरिने छ । मौलिक गीतहरुलाई भने विना प्रतिस्पर्धा जुरीको निर्णयको आधारमा केही विधामा अवार्ड प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।

एपिक नेपाल म्युजिक प्रा।लि।को आयोजनामा हुन लागेको यस अवार्डमा राष्ट्रिय गीत ,दशैँ गीत आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् ।कार्यक्रमलाई सफल बनाउनको लागी एपिक नेपालका अध्यक्ष अमन श्रेष्ठ , कार्र्यक्रम निर्देशक राजेन्द्र पुरी , सदस्य ओम श्रेष्ठ , कार्यालय प्रमुख चिरन्जीवी ढकाल , सदस्य सरोज गिरी , सचिव गोकर्ण लामीछाने , मिडिया कोर्डिनेटर रोशन पोखरेल , सदस्य पुस्कर अर्याल लगायतको उल्लेखनीय भुमिका रहेको थियो । प्रमाण पत्र वितहरण कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार , संगीतप्रेमी तथा चर्चित कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाली काग्रेसका युवा नेता गगन थापा को समेत सहभागीता रहेको थियो । उद्घाटन कार्यक्रम एपिक नेपालका अध्यक्ष अमन श्रेष्ठको आतिथ्यतामा सम्पन्न भएको थियो भने स्वागत मनत्व्य एपिक नेपालका सदस्य गोकर्ण लामिछानेले राखेका थिए । कार्यक्रमको उदधोषण एपि वान का चर्चित समाचार बाचक निराजन भण्डारीले गरेका थिए ।   

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माटोका भाँडा बनाउने पेशा लोप हुँदै
माटोका भाँडा बनाउने पेशा लोप हुँदै
श्रीलंकाका क्रिकेटर डिकवेला डोपिङ टेस्टमा फेल, अनिश्चितकालका लागि निलम्बित
श्रीलंकाका क्रिकेटर डिकवेला डोपिङ टेस्टमा फेल, अनिश्चितकालका लागि निलम्बित
‘हिम्मतवाली’का हिरो सुदर्शन गौतमको इन्टरपोलले खोज्यो थप प्रमाण
‘हिम्मतवाली’का हिरो सुदर्शन गौतमको इन्टरपोलले खोज्यो थप प्रमाण
गोर्खाल्याण्ड आन्दोलनमा मृत्यु हुनेको संख्या १० पुग्यो
गोर्खाल्याण्ड आन्दोलनमा मृत्यु हुनेको संख्या १० पुग्यो
उदयपुर ट्राफिक प्रहरीले ग¥यो एक महिनामै ९ लाख राजस्व संकलन
उदयपुर ट्राफिक प्रहरीले ग¥यो एक महिनामै ९ लाख राजस्व संकलन
बर्डफ्लू संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्
बर्डफ्लू संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्
दलहरुको अडानमा राष्ट्रपति भण्डारी चेपुवामा
दलहरुको अडानमा राष्ट्रपति भण्डारी चेपुवामा
निर्वाचन तयारीबारे राज्य व्यवस्था समितिलाई जानकारी
निर्वाचन तयारीबारे राज्य व्यवस्था समितिलाई जानकारी
एमालेका सांसदद्वारा संसद् बैठक अवरुद्ध
एमालेका सांसदद्वारा संसद् बैठक अवरुद्ध
समायोजनमा समस्या देखिएका स्वास्थ्यकर्मीलाई एक पटकलाई संशोधन गर्ने मौका
समायोजनमा समस्या देखिएका स्वास्थ्यकर्मीलाई एक पटकलाई संशोधन गर्ने मौका

तपाईंले छुटाउनुभयो कि?