प्रदेश नं ३ को राजधानी हेटौंडा नै स्थायी हुनेः अध्यक्ष दाहाल

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
२५ पटक हेरिएको
Shares
प्रदेश नं ३ को राजधानी हेटौंडा नै स्थायी हुनेः अध्यक्ष दाहाल

सारांश

  • हेटौँडा, ७ चैत, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं।
  • ३ को राजधानी हेटौंडा नै स्थायी हुने बताउनुभएको छ ।
  • प्रेस सेन्टर मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रदेशको १३ जिल्लामध्ये राजधानीका लागि हेटौंडा नै सबैभन्दा उपयुक्त स्थान रहेकाले बाहिर प्रचारमा आए जस्तो यहाँबाट प्रदेशको राजधानी नसर्ने बताउनुभयो ।

हेटौँडा, ७ चैत, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं। ३ को राजधानी हेटौंडा नै स्थायी हुने बताउनुभएको छ ।

प्रेस सेन्टर मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रदेशको १३ जिल्लामध्ये राजधानीका लागि हेटौंडा नै सबैभन्दा उपयुक्त स्थान रहेकाले बाहिर प्रचारमा आए जस्तो यहाँबाट प्रदेशको राजधानी नसर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले प्रदेशको राजधानीका सबै कामहरु शुरु भइसकेकाले हेटौँडाबाट राजधानी सार्ने हल्लापछि नलाग्न सबैमा आग्रह गर्दै प्रदेशको नामको सन्दर्भमा प्रदेशसभाले निर्णय गर्ने विषय रहेको बताउनुभयो ।

‘यो वर्ष निर्वाचन वर्ष’ रहेको र अब आर्थिक समृद्धिको समय रहेकाले यसका लागि राष्ट्रिय सहमति आवश्यक रहेको छ, उहाँले भन्नुभयो–“सरकारले परिणाममुखी काम गर्नका लागि मुख्य र राष्ट्रिय विषयमा प्रतिपक्षसँग पनि समझदारीको वातावरण बनाएको छ ।”

अध्यक्ष दाहालले अहिलेको मुख्य चुनौती भनेको सुशासन, स्थायित्व र विकासलाई गति दिनु नै हो भन्दै प्रदेशको कामलाई तीव्रता दिन ऐन बनाउने कामको गति बढिरहेको बताउनुभयो ।

अध्यक्ष दाहालले सरकारमा दुई तिहाईको बहुमत पुगिसकेको अवस्था रहेपनि समग्र विकासको गति बढाउन र राजनीतिक स्थायित्वका लागि मधेसकेन्द्रित दलकोसमेत समर्थन पाइसकेको जानकारी दिनुभयो ।

नेकपा ९एमाले० र माओवादी केन्द्रको एकता अबको केही दिनमा नै हुने बताउँदै उहाँले एकता प्रक्रिया पूरा गर्नका लागि बनेको कार्यदलले आफ्नो काम पूरा गरी प्रतिवेदन बुझाउने तयारीमा रहेको छ भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?