प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक
सारांश
- काठमाडौं: निर्वाचन आयोगले असोज २ गते हुने प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
- आयोगले विहीबार एक विज्ञप्ति जारी गर्दै तेस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको जनाएको छ ।
- कार्यतालिका अनुसार दुई नम्बर प्रदेशका आठ जिल्लाका १२७ स्थानीय तहको निर्वाचनका लागि भदौ २१ गते उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ भने सोही दिन साँझ साढे पाँच बजे मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ ।
काठमाडौं: निर्वाचन आयोगले असोज २ गते हुने प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले विहीबार एक विज्ञप्ति जारी गर्दै तेस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको जनाएको छ ।
कार्यतालिका अनुसार दुई नम्बर प्रदेशका आठ जिल्लाका १२७ स्थानीय तहको निर्वाचनका लागि भदौ २१ गते उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ भने सोही दिन साँझ साढे पाँच बजे मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ ।
यस्तै भदौ २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने र भदौ २३ गते मनोनयन भएका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ। यस्तै भदौ २४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुने छ भने सोही दिन विहान ११ बजे उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने छ ।
असोज २ गते विहान ७ बजे देखि बेलुका ५ बजेसम्म मतदान कार्य हुने आयोगद्वारा विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया